Wednesday 15th May 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला:- उनान्चासौँ भाग (४९)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०६/०११
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास :-
कुम्ला,
गुम्ला,
घुम्ला,
चुम्ला,
छुम्ला,
चुम्ला,
जुम्ला,
झुम्ला,
सुम्ला,
हुम्ला ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

मनका तिर्सना विश्व सबै घुम्ला अब
भावका लठ्ठी मन भरि नै सुम्ला अब
आगोमा हात हालेपछि पोल्छ च्वास्स गरी
सपनामा सगरमाथा नै चुम्ला अब
होस गर्नु कमाएको सबै गुम्ला अब ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

विकट छ कर्णालीको जिल्ला हुम्ला हजुर
विकास कस्तो हेर्नलाई को घुम्ला हजुर
जति पनि आए यहाँ गफै मिठो गर्छन
यसैगरि ठगिएको जिल्ला जुम्ला हजुर
बाँचुन्जेली नघुमे त मौका गुम्ला हजुर ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ३

पञ्चाङ्ग लेखेर शिखर चुम्ला म
फुर्सद पाउदा त यहीँ झुम्ला म
किनकिन पञ्चाङ्गमा मन गयो
साहित्य क्षेत्रमानै माथी जुम्ला म
पहिचान दिएर संसार घुम्ला म ।

तारा घिमिरे सङ्खुवासभा

पञ्चाङ्ग ४

नेपाली भाषाकाे उद्गम स्थान जुम्ला जाऊँ न
अनुपम दृष्य हेर्न पहाडी हुम्ला जाऊँ न
देशकाे माया छ भने नि डुलाैँ कुना कन्दरा
बाँचुन्जेल नगए त याे माैका गुम्ला , जाऊँ न
मनमाेहक दृष्यले याे मन झुम्ला जाऊँ न

चन्द्रावती अधिकारी
काेहलपुर वाँके

पञ्चाङ्ग ५

कसैलाई कालो हुम्ला भन्ने डर
एकान्तमा बसी रुम्ला भन्ने डर
मलाई भने यो जन्मभूमि प्यारो
चारैतर्फ वैरी घुम्ला भन्ने डर
माटोको अस्तित्व गुम्ला भन्ने डर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ६

उनन्पचास तिर हो देखेको हुम्ला, कस्तो भएको होला
पचास बाउन्नमा बसेको त्यो जुम्ला, कस्तो भएको होला
मुगु पनि उत्तिकै याद, आईरहन्छ यो मनमा सधैँ
पाउले त्यो माटो फेरि कहिले चुम्ला, कस्तो भएको होला
पुगी राराको छाल म कहिले छुम्ला, कस्तो भएको होला ?
**
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ७

सैसाथे मिली गुम्न मन्छ
ठाउँ ठाउँमा घुम्न मन्छ
साहित्यलाई अँगालेर
देशको माटो चुम्न मन्छ
यही माटोमा झुम्न मन्छ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

मंसिर चारको निर्वाचनमा जितेर वरिष्ठ , हुम्ला भन्ने आशाछ
नवदुर्गाको आशिर्वाद पाएर सभासदमा जुम्ला भन्ने आशाछ
महंगी र भ्रष्टाचार घटाउने उपाए कुनै नभएको देशमा
प्रधानमन्त्री नै भएर आफन्तको मनमुटु छुम्ला भन्ने आशाछ
मेरै अौँलाको इसारामा यो राष्ट्रको राजनीति घुम्ला भन्ने आशाछ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी

पङ्चाङ्ग ९

कसैलाई जागिर गुम्ला भन्ने डर छ
कसैलाई सरुवा हुम्ला भन्ने डर छ
डरै डरले बितेकाे याे जिन्दगानी
छाेरा पैसा सक्न घुम्ला भन्ने डर छ
र बिग्रेकालाई चुम्ला भन्ने डर छ ।

नवराज भट्ट
महेन्द्रनगर,कञ्चनपुर

पञ्चाङ्ग १०

विकासले कहिल्यै पनि छोएन हुम्लालाई
नछोइकन घोचिरह्यो सधैँ त्यो जुम्लालाई
सुदुर पीडा अनि केन्द्रले पोका लुकाउने
सुदुर ! देखाऊ अब शरीरको सुम्लालाई
अब त खोल न सरकार तिम्रो कुम्लालाई ।
पशपति राई खोटाङ

पङ्चाङ्ग ११

आउनुस हजुर सबै जना घुमाउला जुम्ला नि
प्रकृति सगै तल देखि माथि सम्म पुम्ला नि
नेपालीको सान कस्तो हेर, आफ्नै भेषभुषा
गुमेका ती रितिथिति सबै मिलि छुम्ला नि
म जन्मेकाे चिन्नु हजुर पर्छ नेपाल हुम्ला नि ।
सावित्रा नेपाली सबु
बागलुङ

पञ्चाङ्ग १२

दुर्गम होस् या नहोस् देशको टुक्रा हो हुम्ला हजुर
त्यस्तै अर्को त्यो अनुपम मोहक हो जुम्ला हजुर
मनमा लिएकै हो, प्रकृतिले सौगात दिएकै हो
सुन्दर स्थान नै हेर्न मातृभूमिको चुम्ला हजुर
दिलमा सजाउनुहोस् यद्यपि मौका गुम्ला हजुर ।

प्रेम थापा “मन”बागलुङ
Sabita
Sabita Khatri
पञ्चाङ्ग १३

अमृत वाणी पेऊ भगवती
सत्य बिश्वास लेऊ भगवती
संकट मोचन गर्छिन देवि
जाऊ उनकै छेऊ भगवती
सबमा शक्ति देऊ भगवती ।

गणेश पौडेल
कालिक ६
चितवन।

पञ्चाङ्ग १४

धनी बन्ने रहरले स्वार्थी हुम्ला भन्ने डर
अझै फगतमा आफ्नै साख गुम्ला भन्ने डर
भन्छु भन्न लक्ष्यको सगर चुम्छु म सहजै
कामचोर बानीले झन् भुईँ छुम्ला भन्ने डर
कर्मको फलले धरधरी रुम्ला भन्ने डर !

✍️नारायण खनाल ,अर्घाखाँची

पञ्चाङ्ग १५

जिन्दगीको यो फेरो कता घुम्ला हेर
तिमी नजाऊ टाढा सथै हुम्ला हेर
विशेष ऋतु झै नघुम्ने हो जवानी
चित्त पीडित हुँदा सँगै रुम्ला हेर
दिल दुई मिलाई आकाश छुम्ला हेर ।

✍️ अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १६

सारा विश्व जगत कुम्ला बोकेर डुल्ने हो
साथमा सँगै हुम्ला, जुम्ला बोकेर डुल्ने हो
जहाँसम्म पुगेपनि माया अाफ्नै देशको
स्वाभिमान डर गुम्ला बोकेर डुल्ने हो
परे जीउमा पनि सुम्ला बोकेर डुल्ने हो ।।

जमुना आचार्य
सिन्धुपाल्चोक

पञ्चाङ्ग १७

पाएन खोई माया नि कहिल्यै जुम्ला नेपालले
राजधानीमा मात्रै अब कति झुम्ला नेपालले
भौगोलिक अवस्था र धार्मिक आस्थासँगसँगै
ब्रह्माण्ड सब हेर्दै आकाशमा घुम्ला नेपालले
कुन विकासको सगरमाथा चुम्ला नेपालले ?

श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...