Wednesday 8th April 2026

मेक्सिकोमा बन्दुकधारीद्वारा मेयर सहित १८ जनाको गोली हानी हत्या


मेक्सिकोको दक्षिणपश्चिममा बुधबार दिउँसो बन्दुकधारीले गरेको आक्रमणमा सान मिगुएल टोटोलापेन सहरका मेयर कोनरेडो मिगुएल अल्मेडासहित १८ जनाको मृत्यु भएको छ ।

मेयर अल्मेडाका बुबा तथा पूर्व मेयर क्वान मेन्डोजा एकोस्टाको पनि गोली प्रहारमा मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार बुधबार दिउँसो २ बजेतिर बन्दुकधारीले नगरको टाउन हलमा प्रवेश गरी गोली चलाउँदा मेयरसहित काउन्सिल सदस्य र प्रहरी अधिकारीको मृत्यु भएको हो ।

केही रिपोर्टहरूका अनुसार टाउन हलमा हमला गर्नु अघि मेयरका बुबालाई आक्रमणकारीहरूले उनको घरमा नै मारेका थिए। यससँगै केही रिपोर्टका अनुसार घटना हुनुअघि सुरक्षाकर्मी भित्र पस्न नसकोस् भनेर सहर जोड्ने सडकमा ठूला सवारीसाधन पार्किङ गरिएको थियो । मेयर कोनरेडो मेन्डोजाको पार्टी पीआरडीले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण हत्या भनेको छ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...