Monday 29th December 2025

मेक्सिकोमा बन्दुकधारीद्वारा मेयर सहित १८ जनाको गोली हानी हत्या


मेक्सिकोको दक्षिणपश्चिममा बुधबार दिउँसो बन्दुकधारीले गरेको आक्रमणमा सान मिगुएल टोटोलापेन सहरका मेयर कोनरेडो मिगुएल अल्मेडासहित १८ जनाको मृत्यु भएको छ ।

मेयर अल्मेडाका बुबा तथा पूर्व मेयर क्वान मेन्डोजा एकोस्टाको पनि गोली प्रहारमा मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार बुधबार दिउँसो २ बजेतिर बन्दुकधारीले नगरको टाउन हलमा प्रवेश गरी गोली चलाउँदा मेयरसहित काउन्सिल सदस्य र प्रहरी अधिकारीको मृत्यु भएको हो ।

केही रिपोर्टहरूका अनुसार टाउन हलमा हमला गर्नु अघि मेयरका बुबालाई आक्रमणकारीहरूले उनको घरमा नै मारेका थिए। यससँगै केही रिपोर्टका अनुसार घटना हुनुअघि सुरक्षाकर्मी भित्र पस्न नसकोस् भनेर सहर जोड्ने सडकमा ठूला सवारीसाधन पार्किङ गरिएको थियो । मेयर कोनरेडो मेन्डोजाको पार्टी पीआरडीले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण हत्या भनेको छ।


सम्बन्धित शीर्षकहरु

यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पाँचै भेटघाट इजरायलको सुरक्षा र विश्वमा प्रतिष्ठाको लागि महत्त्वपूर्ण कोशेढुङ्गा थिए।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

प्रतिकृयाहरू
...