Sunday 11th October 2026

थाइल्याण्डको एक प्री-स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३४ जनाको मृत्यु


थाइल्याण्डको उत्तर-पूर्वी सहर नोङ बुआ लम्फुस्थित एक प्री-स्कुल शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा कम्तीमा ३४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ । घटनास्थल राजधानी बैंककभन्दा करिब ५०० किलोमिटर उत्तर ग्रामिण क्षेत्रमा पर्छ । मारिनेहरूमा २० भन्दा बढि बालबालिका रहेको जनाइएको छ ।

प्रहरीका अनुसार मृतकमा बालबालिका र वयश्क दुवै छन् भने बन्दुक चलाउने व्यक्ति हाल फरार छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको बताइएको छ । आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको पनि बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारी सेतो रंगको टोयोटाको पिकअप गाडीमा भागेका थिए । आक्रमणकारी पूर्व प्रहरी लागुऔषध प्रयोगकर्ता रहेको पाइएपछि प्रहरीले गत वर्ष मात्रै बर्खास्त गरेको थियो । थाइ सञ्चार माध्यमका अनुसार भने उनले आफ्नो श्रीमती तथा बच्चाको समेत हत्या गरेका छन् भने उनी पनि मृत फेला परेका छन् ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...