Sunday 11th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२१ औं श्रृङ्खला स्वतन्त्र काव्य गाेष्ठी भव्य रूपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२१ औं श्रृङ्खला स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल अाश्विन १२ गते भव्यताका साथ सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एवं डा.नारायण गैरेकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा डा गैरेले विजया दशमीकाे पूर्व सन्ध्यामा गरिएकाे याे कार्यक्रम शुभकामना अादान प्रदानकाे महत्वपूर्ण स्थान लिएकाे छ भन्नु हुँदै हामी मानवताका पूजारी हाैं सम्पूर्ण सत्य यसैमा केन्द्रित हाेस् हामी नेपाल अामाकाे व्यक्ति बन्न सकाैं भन्नु भयाे । विशिष्ठ अतिथि कलानिधि दाहालले खाेरिया लेख्ने स्रष्टा अत्यन्त बृद्धि भएकाेमा खुशी व्यक्त गर्दै ईर्षा लागेकाे पनि सुनाउनु भाे ।डा,बम बहादुर थापा,मणीराज सिंह,गंगा लिगल,शुभकामना दिनु हुँदै रचना सुनाउनु भयाे ।

सुधा बास्काेटा ढकालकाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमस,मुक्ति पाेखरेल,लक्ष्मी प्रसाद मिश्र,दुर्गा भमरकाेटे,यज्ञलाल सुवेदी,चन्द्रा न्याैपाने,गंगा गहतराज अभिलाषी,(काेलाेराडाे अमेरिका)शारदा अाचार्य,टेक बहादुर लाैडारी,चन्द्रावती अधिकारी,सविता वाग्ले,जानुका थापा,सरस्वति श्रेष्ठ,बशन्त अधिकारी,रण काफ्ले (असाम)२२ जना सर्जकहरुले अा-अाफ्ना रचनावाचन गर्नु भयाे ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा ४ पङ्तिकाे संरचनामा ३ पङ्ति ८/८ अक्षर र चाैथाे पङ्ति ५ अक्षर गरि जम्मा २९ अक्षरमा पूर्ण खाेरिया बन्ने प्रष्ट पार्नु हुँदै प्राय स्रष्टाहरूले खाेरिया प्रस्तुत गर्नु भएकाेमा खुशी व्यक्त गर्नु हुँदै प्रमुख अतिथि नारायण गैरे ज्यू,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गरि अाफ्नाे खाेरिया अनि कविता वाचनकाे साथ कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...