Wednesday 7th January 2026

लघुकथाकार बि. बि. याक्खाको लघुकथा “माैनता” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार बि.बि.याक्खाले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ‘मौनता’ पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार बि.बि.याक्खासँग सात्क्षात्कार नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । बिक्रम याक्खा उहाँको वास्तविक नाम हो । लघुकथाकार बि.बि.याक्खाको जन्म मिति २०४२/०५/१४ गते बुधबार बिराटनगर प्रसुती गृहमा पिता कुमार जङ्ग याक्खा र माता किरण देबी याक्खाको सुपुत्रको रुपमा भएको हो ।

स्थाई बासस्थान संखुवासभा भएपनि हाल मोरङ्ग जिल्ला गोठगाउँ ठेगाना रहेको छ ।माध्यमिक तह पुरागरी हाल वैदेशिक रोजगारको क्रममा मलेसियामा रहदै नेपाली साहित्यको श्रीबृध्दीमा साधनारत साहित्यकारको साहित्य पोस्टद्वारा आयोजित लघुकथा प्रतियोगिता चौतिसौं चरणमा लघुकथा ‘परिक्षण’ बिजयी भएको थियो ।

२०७५मा ‘ईज्जत’ लघुकथा लेखेर लघुकथा लेखन यात्रा शुरु गर्नुभएका साहित्यकार विभिन्न साहित्यक क्षेत्रसँग आबध्द रहने क्रममा साहित्य चौतारी नेपालका आजिबन सदस्य एवम्अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) मलेसिया साहित्य बिभाग संयोजक हुनुहुन्छ ।

उहाँको लघुकथा ‘फित्ते चप्पल’ शब्द संयोजन पत्रिकामा पहिलो पटक छापिएको थियो भने पहिलो कृति ‘अतित सम्झेर’ उपन्यास प्रकाशित भईसकेको छ ।लघुकथाको संयुक्त संङ्ग्रह कन्चनजंघामा पाँचवटा लघुकथाहरु प्रकाशित भएका छन् साथै ‘ ए कान्छी र २०७८ मा गाजल हुँ तिम्रो आँखाको बोलका गीतहरु समेत रेकर्डिङ भएका छन् । उहाँका लघुकथा लगायत अन्य लेखरचनाहरु विभिन्न पत्रपत्रिका तथा अनलाईनमा समेत प्रकाशन भईरहेका छन् ।

प्रस्तुत लघुकथा मौनतामा मपात्र (जोनसन) र जेटली दुईमात्र प्रमुख पात्रहरु छन् ।कथा यसरी शुरु गरिएको छ ।
”निलो सागरको छालहरु उठेका हेर्नु अनि छेउसम्म नै आईपुग्ने सामुन्द्रीक लहरहरुसितै बेला बेला नाच्ने डल्फिन माछाहरुका रोमाञ्चक नृत्य !साच्चिकै रमाइलो लाग्ने मानौं स्वार्ग यहीँ छ।जेटली एक पत्रीकामा काम गर्छिन् रुप रङ्गले कुनै हलिउडको चर्चित नायिका भन्दा कम छैनन् । उभने एउटा प्रोफेसर साथै लेखक परिचय भनौं या पहिचान। हाई जोनसन सन्चै हुनुहुन्छ ? भन्दै छेउ आएर जेटलीले सोधिन्। सन्चै छु अहिलेसम्म तिमिलाई चै कस्तो छ नि भन्दै ओैपचारिकता पुरा गर्यो ।

कफि न पिलाउने हो आज उनले भनिसकेपछि कफि अर्डर गरेर कुराकानी गरे दुईले । उनले सोधिन् किन तपाईंका हिजोआज रचना देख्दिन ? उसले हिजोआज हो
अलिक कम नै लेख्दैछु भन्यो । मौनता केलाई नि उनले पुन प्रश्न गरिन् ।उसले केही गम्भीर हुँदै जवाफ दियो ‘सस्तो लेख लेखेर पाठकहरुको समय बर्बाद पार्नु लेखकीय धर्म हैन यसैले पनि ।उनले उसको कुरामा अचम्म मान्दै सोधिन् ,’आखिर मौनतामा हुन्छ चै के ?’

उसले भन्यो मौनतामा धैर्यता, शालिनता साथै खोज अनुसन्धान हुन्छ, साधना हुन्छ, हो त्यसपछि निस्किएको फल नै एक मोती समान मुल्यवान हुन्छ ! यो नै राज छ मौनतामा मलाई लाग्छ।”
वाहा ! क्या गजव भनेर जेटलीले खुशीहुदै ताली बजाईन ।लघुकथा यसरी समापन गरिएको छ ।

२०७ शब्दमा लेखिएको लघुकथाले धेरै र गुणस्तरहीन लेखेर पाठकको समय बर्वादगर्नु साहित्यकारको धर्म नहुने,धेरै खोजअनुसन्धान गरी स्तरिय र मुल्यवान साहित्य सृजना गर्नुपर्ने तर्फ लघुकथाले प्रेरित गरेको छ । लेख्ने नाममा जेसुकै लेख्न नहुने संन्देश प्रवाह गर्न सफल हुनुभएको छ लघुकथाकार ।आयाम छोटो भएकाले लघुकथाको मानकमा बसेको छ ।लघुकथा सरल छ ।सलल बगेको छ ।लेखकले वर्तमानमा नलेखी रहेको र साधना पश्चात् निस्कने मोतीसमान मुल्यवान हुन्छ यो नै राज छ मौनतामा भन्ने बिजवाक्यले कथालाई रसिलो र कसिलो बनाएको छ ।शिर्षक मौनता सार्थक भएको छ ।

कथामा समुन्द्रको छाल र जेटलीको वर्णनले कथ्य अनावश्यक विस्तार भएको छ जसको कारण लघुकथामा तिव्र बहाव आउन सकेको छैन । सिधै संम्वादबाट लघुकथा शुरुगरिएको भए सुनमा सुगन्धहुने थियो ।

”मौनतामा धैर्यता, शालिनता साथै खोजअनुसन्धान हुन्छ, साधना हुन्छ, हो त्यसपछि निस्किएको फल नै एक मोती समान मुल्यवान हुन्छ । यो नै राज छ मौनतामा ।”भन्ने वाक्य नै कथाको बीज वाक्य भएकाले यस पछिको वाक्यले लघुकथालाई अधोगमनतर्फ धकेलेको छ ।

अन्त्यमा, लघुकथा लगायत साहित्यका विविध विधामा कलम चलाउनु हुने साहित्यकारको साहित्यिक यात्रा अनन्त चलिरहोस् । यथेष्ट लघुकथाहरु लेखिसक्नु भएकोले यथाशक्य छिटो लघुकथा संङ्ग्रह प्रकाशन गर्ने तर्फ मन जाओस् भन्ने कामनाको साथ सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

बन्दना घिमिरे
हरिवन -१०,सर्लाही
हाल गठ्ठाघर,भक्तपुर

लघुकथा-मौनता
बि.बि.याक्खा।

निलो सागरको छालहरु उठेका हेर्नु अनि छेउसम्म नै आईपुग्ने सामुन्द्रीक लहरहरुसितै बेला बेला नाच्ने डल्फिन माछाहरुका रोमाञ्चक नृत्य !साच्चिकै रमाइलो लाग्ने मानौं स्वार्ग यहीँ छ।
जेटली एक पत्रीकामा काम गर्छिन् रुप रङ्गले कुनै हलिउडको चर्चित नायिका भन्दा कम छैनन् । म भने एउटा प्रोफेसर साथै लेखक !परिचय भनौं या पहिचान।

हाई जोनसन !सन्चै हुनुहुन्छ?भन्दै छेउ आएर जेटलीलेसोधिन्।
हेल्लो !एस सन्चै छु अहिलेसम्म।अ तिमिलाई चै कस्तो छ नि?

जेटलीले उनका आँखा र लामो खैरो कपाल लर्काउदै भनिन् -ओ म ब्यास्त नै हुन्छु अनि कफि न पिलाउने हो आज हजुर?

उसले भनिसकेपछि कफि अडर गरेर कुराकानी गर्यौ हामीले।
जेटलीले सोधिन् – किन तपाईंका हिजोआज रचना देख्दिन?

मैले उसका उत्सुकतालाई मेटन खोज्दै भने- हिजोआज हो
अलिक कम नै लेख्दैछु जेटली !ठिक नै भन्यौं तिमिले पक्कै।

उसले पुन प्रश्न गरिन – मिस्टर जोनसोन यो मौनता केलाई नि?

मैले केही गम्भीरहुँदै यो पटक जवाफ दिए- सस्तो लेख लेखेर
पाठकहरुको समय बर्बाद पार्नु लेखकीय धर्म हैन यसैले पनि ।

जेटलीले मेरो कुरामा अचम्म मान्दै सोधिन -आखिर मौनतामा
हुन्छ चै के ?मिस्टर जोनसोन बताउनु होस् न।

मैले भने- मौनतामा धर्यता , शालिनता साथै खोज अनुसन्धान हुन्छ साधाना हुन्छ हो त्यसपछि निस्किएको फल नै एक मोती सम्मान मुल्यवान हुन्छ!यो नै राज छ मौनतामा मलाई लाग्छ।
वाहा!क्या गजव भनेर जेटलीले खुशीहुदै ताली बजाईन ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

डिसेम्बर २८ मा तेहरानमा पसलेहरूको हडतालसँगै सुरु भएको विरोध प्रदर्शनमा सुरक्षा बलका सदस्यहरू सहित कम्तिमा १२ जनाको मृत्यु भएको आधिकारिक…

प्रतिकृयाहरू
...