Monday 12th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२० औं श्रृङ्खला गजल विशेष काव्य गाेष्ठी भव्यरूपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२० औं श्रृङ्खला गजल विशेष काव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल अाश्विन ५ गते भव्यताका साथ सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ गजलकार प्राज्ञ बुँद रानाकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा बुँद रानाले याे कार्यक्रम फलदायी छ यसले भेटघाट रसिलाे बनाएकाे छ मन्तव्य व्यक्त गर्नु हुँदै कविता कला,विचार,र तालमेल हाे ।गजललाई केवल प्रेमीका सँगकाे वार्तालाप भनी परिभाषित गरेकाे पाईन्छ । प्रेमीका सँग केवल श्रृङगार रस मात्र हुन्छ त ? अवस्य हुन्न त्यहा कुण्ठा,रहर पनि हुन्छ हुन्नु हुदै गजल सुनाउनु भयाे ।

के भनाैं र कति कति चाेटमा छ देश
हुनु पर्थ्याे मुटु भित्र अाेंठमा छ देश

कार्यक्रममा विशिष्ठ अतिथि डा, देवी पन्थी,कलानधि दाहाल,गंगा लिगल,ज्यूले मन्तव्य दिनु हुँदै चन्द्रागिरिकाे बिधागत कार्यक्रमले स्ष्टामा लेखन प्रति उत्साह थपेकाे भन्नु हुदै शुभकामना दिनु हुँदै गजल वाचन गर्नु भएकाे थियाे ।

सुधा बास्काेटा ढकालकाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमस,लक्ष्मी प्रसाद मिश्र,चन्द्रा न्याैपाने,गंगा गहतराज अभिलाषी,शारदा अाचार्य,टेक बहादुर लाैडारी,उर्मिला पन्त,चुडा निर्भिक,मूना घिमिरे,चन्द्रावती अधिकारी,बिनु बाबा घिमिरे,बासु ठकुरी,सविता वाग्ले,उमा अाेडारी,यज्ञलाल सुवेदी,बेदु न्याैपाने,रविन्द्र अाशिष लगायत २३ जना सर्जकहरुले अा-अाफ्ना गजल वाचन गर्नु भयाे ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सैद्धान्तिक अवधारणा प्रष्ट पार्नु हुँदै प्राय स्रष्टाहरूले खाेरिया प्रस्तुत गर्नु भएकाेमा खुशी व्यक्त गर्नु हुँदै प्रमुख अतिथि बुँद राना,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि अामन्त्रीत साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गरि अाफ्नाे खाेरिया अनि गजल वाचनकाे साथ कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...