Friday 11th July 2025

नेपाल फाइनलमा पराजीत भएपछि राष्ट्रिय टिम छाड्ने प्रशिक्षकको घोषणा


साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजीत भएपछि राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले पद त्‍याग गर्ने घोषणा गरेका छन्। आफ्नो लक्ष्य उपाधि जित्ने भएको र त्यो पूरा नभएपछि पद त्याग गर्ने उनले बताए।

‘मेरो लक्ष्य साफको उपाधि जित्ने थियो। तर त्यो पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ,’ उनले भने,‘अरू प्रशिक्षकलाई स्थान दिन पद त्याग गर्छु।’यसअघि सोमबार दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप खेलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजीत भएको थियो। योसमेत गरी नेपाल पाँचौं‌ पटक फाइनलमा पराजीत बनेको हो।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...