Monday 12th October 2026

‘बादल फाटेपछि’ कथासङ्ग्रह पढेपछि


नारायण कोइराला – ‘बादल फाटेपछि’ कथासङ्ग्रह मेरो हातमा परेको धेरै दिन भएको छैन । शान्ता शाक्य ज्युले यो पुस्तक उपहार स्वरूप उपलब्ध गराई दिनुभएको थियो । त्यसको लागि हार्दिक आभार व्यक्त गर्दछु। हुन त एक साथमा तीन पुस्तक उपहार स्वरूप आएका थिए । मलाई सरसर्ती हेर्दा ‘बादल फाटेपछि’ कथासंग्रहले धेरै आकर्षित गर्यो । सबैभन्दा पहिला यही पुस्तक पढन मन लाग्यो । आकर्षक पुस्तकको खोलले मेरो मन लोभियो । पुस्तकको पन्ना पल्टाउँदा, “प्रिय भाइ नारायण कोइरालालाई सप्रेम उपहार” लेखिएको थियो । यो वाक्यले मलाई पुस्तक जति सक्यो उति छिटो पढ्न हौसला बढायो । यो पुस्तक पाल्पा साहित्य समाजले प्रकासन गरेको रहेछ । २०७८ मा प्रकाशित यो कृति स्व:आमाबुवा मगल कुमारी बज्राचार्य र राम बहादुर गुभाजुमा समर्पण गरिएको छ ।

यस पुस्तकमा प्रा: डा बद्री विशाल भट्टराईको एक दृष्टि शीर्षकको समीक्षा रहेको छ भने, स्रष्टा पुष्कर अथक रेग्मीले पुस्तकको उत्खनन गरेका छन् । पुस्तकमा भएका पन्द्र कथाको सारांश सहितको उत्खननले पुस्तकको बारेमा धेरै कुरा बोलेको छ । शुभकामना भने पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको रहेको छ भने प्रकाशकीय पाल्पा साहित्य समाजको रहेको छ । कथा सुरुहुनु भन्दा पहिला लेखकको आफ्नो भनाइ रहेको छ ।

जम्माजम्मी पन्ध्र कथा छन् यस संग्रह भित्र । पहिलो कथा हो पश्चाताप । यस काथमा राम्रो विद्यार्थी संगतले बिगारेको र अन्त्यमा अरूलाई त्यसो नगर्न आग्रह गर्दै आफू पश्चातापमा बाँचेको घटना बुनिएको छ । सबै कथाहरू राम्रा छन् । शीर्षक कथाको रूपमा रहेको बादल फाटेपछि पेज नं नौंमा रहेको छ अर्थात् कथा शीर्षकको तेस्रो नम्बरमा । यो नै पुस्तकको मूल शीर्षक भएको हुँदा खोलमा सजिएको छ । नारीहरू त्याग तपस्या गर्न सक्छन् तर अति भयो भने उनीहरु बादल झैँ फाटेर आफैलाई स्वतन्त्रपूर्वक बाँच्न सक्छन् भन्ने कुरा कथाको रूपमा देखाइएको छ । यसरी पढ्दै जाँदा अन्तिम कथाको रूपमा आह्ववान रहेको छ जुन परदेशीएकाहरुलाई गाँउ फर्कन आह्ववान गरिएको छ । मेरो पढाइमा कथाहरू सबै उच्च कोटिका छन्। बाँकी सबै कथाहरू पढेर प्रतिकिया दिनु पढ्ने साहित्यकारहरूको हो । कथाहरू दुई दसक पहिला लेखिएको कुरा पुष्कर अथक रेग्मीले उल्लेख गरेका छन् साथै प्रत्येक कथाको अन्तमा लेखिएको मितिले पनि यो पुष्टि गरेको छ । कथाहरू पचासको दसकमा लेखिएका हुँदा त्यो समयको अवस्थासंग घुलमिल भएको देखिन्छ । सबै कथाको कथ्य राम्रो संग उठाइएको छ । मेरो विचारमा यो पुस्तक पढ्दा कतै अल्छी महसुस हुँदैन । अलग अलग विषय उठान भएकोले कतै खुसी,कतै दुःख छन् । पारिवारिक परिवेशका घटनालाई मनोवैज्ञानिक तरिकाले प्रस्तुत गरिएको छ । अन्तमा ‘बादल फाटेपछि’ कथासंग्रहले कथा विधामा पाल्पालीको सान अरु बढाएको छ,भन्न चाहन्छु । सबैले यो पुस्तक पढ्न अनुरोध पनि गर्दछु । आगामी दिन लेखक शान्ता शाक्यको कलम चलिरहोस् । अरू थुप्रै कृति प्रकाशित भएको देख्न पाइयोस्।शुभकामना ।

तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

प्रतिकृयाहरू
...