Monday 29th April 2024

‘बादल फाटेपछि’ कथासङ्ग्रह पढेपछि


नारायण कोइराला – ‘बादल फाटेपछि’ कथासङ्ग्रह मेरो हातमा परेको धेरै दिन भएको छैन । शान्ता शाक्य ज्युले यो पुस्तक उपहार स्वरूप उपलब्ध गराई दिनुभएको थियो । त्यसको लागि हार्दिक आभार व्यक्त गर्दछु। हुन त एक साथमा तीन पुस्तक उपहार स्वरूप आएका थिए । मलाई सरसर्ती हेर्दा ‘बादल फाटेपछि’ कथासंग्रहले धेरै आकर्षित गर्यो । सबैभन्दा पहिला यही पुस्तक पढन मन लाग्यो । आकर्षक पुस्तकको खोलले मेरो मन लोभियो । पुस्तकको पन्ना पल्टाउँदा, “प्रिय भाइ नारायण कोइरालालाई सप्रेम उपहार” लेखिएको थियो । यो वाक्यले मलाई पुस्तक जति सक्यो उति छिटो पढ्न हौसला बढायो । यो पुस्तक पाल्पा साहित्य समाजले प्रकासन गरेको रहेछ । २०७८ मा प्रकाशित यो कृति स्व:आमाबुवा मगल कुमारी बज्राचार्य र राम बहादुर गुभाजुमा समर्पण गरिएको छ ।

यस पुस्तकमा प्रा: डा बद्री विशाल भट्टराईको एक दृष्टि शीर्षकको समीक्षा रहेको छ भने, स्रष्टा पुष्कर अथक रेग्मीले पुस्तकको उत्खनन गरेका छन् । पुस्तकमा भएका पन्द्र कथाको सारांश सहितको उत्खननले पुस्तकको बारेमा धेरै कुरा बोलेको छ । शुभकामना भने पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको रहेको छ भने प्रकाशकीय पाल्पा साहित्य समाजको रहेको छ । कथा सुरुहुनु भन्दा पहिला लेखकको आफ्नो भनाइ रहेको छ ।

जम्माजम्मी पन्ध्र कथा छन् यस संग्रह भित्र । पहिलो कथा हो पश्चाताप । यस काथमा राम्रो विद्यार्थी संगतले बिगारेको र अन्त्यमा अरूलाई त्यसो नगर्न आग्रह गर्दै आफू पश्चातापमा बाँचेको घटना बुनिएको छ । सबै कथाहरू राम्रा छन् । शीर्षक कथाको रूपमा रहेको बादल फाटेपछि पेज नं नौंमा रहेको छ अर्थात् कथा शीर्षकको तेस्रो नम्बरमा । यो नै पुस्तकको मूल शीर्षक भएको हुँदा खोलमा सजिएको छ । नारीहरू त्याग तपस्या गर्न सक्छन् तर अति भयो भने उनीहरु बादल झैँ फाटेर आफैलाई स्वतन्त्रपूर्वक बाँच्न सक्छन् भन्ने कुरा कथाको रूपमा देखाइएको छ । यसरी पढ्दै जाँदा अन्तिम कथाको रूपमा आह्ववान रहेको छ जुन परदेशीएकाहरुलाई गाँउ फर्कन आह्ववान गरिएको छ । मेरो पढाइमा कथाहरू सबै उच्च कोटिका छन्। बाँकी सबै कथाहरू पढेर प्रतिकिया दिनु पढ्ने साहित्यकारहरूको हो । कथाहरू दुई दसक पहिला लेखिएको कुरा पुष्कर अथक रेग्मीले उल्लेख गरेका छन् साथै प्रत्येक कथाको अन्तमा लेखिएको मितिले पनि यो पुष्टि गरेको छ । कथाहरू पचासको दसकमा लेखिएका हुँदा त्यो समयको अवस्थासंग घुलमिल भएको देखिन्छ । सबै कथाको कथ्य राम्रो संग उठाइएको छ । मेरो विचारमा यो पुस्तक पढ्दा कतै अल्छी महसुस हुँदैन । अलग अलग विषय उठान भएकोले कतै खुसी,कतै दुःख छन् । पारिवारिक परिवेशका घटनालाई मनोवैज्ञानिक तरिकाले प्रस्तुत गरिएको छ । अन्तमा ‘बादल फाटेपछि’ कथासंग्रहले कथा विधामा पाल्पालीको सान अरु बढाएको छ,भन्न चाहन्छु । सबैले यो पुस्तक पढ्न अनुरोध पनि गर्दछु । आगामी दिन लेखक शान्ता शाक्यको कलम चलिरहोस् । अरू थुप्रै कृति प्रकाशित भएको देख्न पाइयोस्।शुभकामना ।

तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...