Saturday 1st August 2026

अविरल वर्षापछिको बाढीको कारण कञ्चनपुरका दर्जनाै बस्ती डुबानमा, ४ सय परिवार विस्थापित


अविरल वर्षापछि कञ्चनपुरमा बनहरा र दोदा नदीमा आएको बाढीले दर्जनौं बस्तीहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार रातिदेखि विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा ४ सय बढी परिवार विस्थापित भएका छन् ।

दोदा नदीको बाढी बस्तीमा पस्दा लालझाडी गाउँपालिका पूरै डुबानमा परेको अध्यक्ष निर्मल रानाले बताए । उनका अनुसार शिखलपट्टी जाईबाट बाढी बस्तीमा पसेर पूरै गाउँपालिका डुबानमा परेको छ । वल्मी, कन्ज, कसुवा, डुंगा र छोटी पर्सिया लगायतका बस्तीहरुमा डेढ सय घर परिवार डुबानका कारण विस्थापित भएको प्रहरीले जनाएको छ ।
यसैगरी कृष्णपुर नगरपालिका–५ को पवित्रा बस्ती शिविरमा मोहना नदी पस्दा ७० परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । कृष्णपुर ४ मा मछेली नदीको बाढी बस्तीमा पस्दा ८० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नजिकको विद्यालयमा राखिएको छ ।

बनहरा नदीको बाढी बस्तीमा पसेर बीचमा फसेका शुक्लाफाँटा नगरपालिका १२ दुबाहाका ४ परिवारका १६ जनालाई शनिबार बिहान उद्धार गरिएको छ । राति दुई/अढाइ वजेदेखि नै बाढी बस्तीमा पसेको हो । बनहराको बाढीले शुक्लाफाँटा नगरपालिका ११ को बनहरा शिविरका २५ टहरा बगाएको प्रहरीले जनाएको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...