Thursday 25th April 2024

काठमाडाैंमा आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनमा निषेध


काठमाडौंमा आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ ।

महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो ।

सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ ।

काठमाडौं महानगरपालिका नगरसभाको ११ औं अधिवेशनले सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्व्यन गर्ने नीति पारित गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...