Tuesday 23rd June 2026

शिव कुमार रेग्मीका तार्किक र तीतो सत्य ओकलेका मुक्तकहरू


(१)
मन पर्ने मानिसको गाली पनि गीत बन्छ,
सभ्य,सत्य वचन बोले शत्रु पनि मीत बन्छ,
समय चक्रलाई बुझ्न सिक मेरो पृय मित्रहरू
जिन्दगीलाई बुझ्यौं भने हार पनि जीत बन्छ।
(२)
देखेका सपना असभ्य र बुरा पनि हुनसक्छ,
सोच्दै नसोचेका कुराहरू पूरा पनि हुनसक्छ,
परिश्रमले नै जीवन सपार्छ भन्ने हामी सुनेका छौ
तर हाम्ले सुनेका कुरा अधुरा पनि हुनसक्छ।
(३)
इश्वरलाई कस्ले,कहिले,कहाँ देखेका छन्,
श्रद्धा-भक्तिका श्लोक मात्रै त लेखेका छन्,
इश्वर एकै र अदृश्य हुन्छ भन्ने जान्दा जान्दै
धर्म-धर्म बिच किन दिवारले छेकेका छन्।
(४)
धनको घमण्ड गरेता पनि मृत्यु किन्न सकिँदैन,
गरीब माथी घृणा गरे पनि भाग्य चिन्न सकिदैन,
छैटीमा जे लेखेको हुन्छ भावीले हाम्रो निधारमा
त्यसलाई जुनसुकै तागतले पनि छिन्न सकिदैन।
(५)
नेपालीहरूका विश्वास सबै भुटिएका छन्,
गाउँ-बस्तीमा टुहुरा-टुहुरी नै कुटिएका छन्,
भ्रष्टाचारी नेताहरूले कानुन सबै कुल्चेकाले
जताततै हाम्रा चेलीहरू नै लुटिएका छन्।
(६)
गरीबीको भुमरीमा दुखै-दुखले जिउनुपर्छ,
जति आँशु झरेता पनि हाँसी -हाँसी पिउनुपर्छ,
फोहरको सागरमा हुर्केर बाच्न बाध्य भएपछी
गाली-गलोज सुने पनि आफ्नो मुख सिउनुपर्छ।
(७)
संघीयता केवल नेताले लुट्ने आधार भयो,
विकास शून्य जताततै जनतामा हाहाकार भयो,
म कसरी भनु संघीयता देश सुलभ छ भनेर
गाउँ-टोल,शहर-बस्ती जताततै काटमार भयो।
(८)
राजनीतिमा सफल हुन गोटी चाल्न जान्नुपर्छ,
युवा नेता उदाएमा तिनलाई फाल्न जान्नुपर्छ,
सत्तामा सधै चिप्किएर बस्ने सोच गरेका नेता
जनता बिच चेतनाको दियो बाल्न जान्नुपर्छ।
(९)
भ्रष्ट कै कारण दलालले नारीको चलाउने गर्छन्,
बलत्कार गर्छन् अनि तेजाब छर्की गलाउने गर्छन्,
इमान बेचे नारी प्रधानका कुरा गर्ने नेताहरूले
मोटो दाम लिएर यस्ता सबै सबुत जलाउने गर्छन्।
(१०)
लुटेराले चलाउने संघीयता चाईदैन देशमा,
गरीब,दुखी र नारीले सुरक्षा पाईदैन देशमा,
नेताहरू लुटेर जतिसुकै धनको भकारी भरेपनि
पेट भर्नको लागि हीरामोती खाईदैन देशमा।

साहित्यकार
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
प्रर्वतक-जु.सा.स.नेपाल


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...