Monday 12th October 2026

मुक्तककार सम्झना थापा मगरका उत्कृष्ट मुक्तकहरू


मुक्तक १
रोदन भित्रको हाँसो सम्हालुँ कसरी
प्रतिघातको नासो सम्हालुँ कसरी ।
तिम्रो कारणले मर्न बाध्य हुनु पर्यो
लगाएको त्यो पासो सम्हालुँ कसरी ।

मुक्तक २
सम्पत्तिमा लोभ गर्ने बानी मन पर्दैन
दाजुभाइमा गर्छन्‌ वैमानी मन पर्दैन
मरि लानु के नै छ र आखिर हामीले
गर्छन्‌ यसरी घात जानीजानी मन पर्दैन ।

मुक्तक ३
फेरि पनि कोभिडको भय आउन सक्छ
विनाशकारी जस्तो प्रलय आउन सक्छ
समयमै सजक र सक्रिय भइ बसौ हामी
अकालमै मृत्यु हुने समय आउन सक्छ ।

मुक्तक ४
माइती जाउँला दर खाउँला यसपालीको तीजमा
दिदीबहिनी नाचौँला गाउँला यसपालीको तीजमा
दुई दिनको जीन्दगी न हो, रमाइलो गरौँला हामी
कम्मर भाँच्दै नाच्दैँ रमाउँला यसपालीको तीजमा ।

—
सम्झना थापा मगर
पु.ब.न.पा
साधीँखोला
स्याङ्जा


सम्बन्धित शीर्षकहरु

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

प्रतिकृयाहरू
...