Friday 26th April 2024

अमेरिका-मेक्सिको सीमा नदीमा ८ आप्रवासीको डुबेर मृत्यु


मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ ।

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल पास नजिकै नदीबाट अन्य ३७ जनाको उद्धार गरिएको छ।

युएस बोर्डर पेट्रोल एजेन्टहरूले छवटा शवहरू फेला पारेका थिए भने अरू दुईवटा मेक्सिकन टोलीहरूले फेला पारेको विज्ञप्तिमा जनाइएको छ।

यस क्षेत्रमा दिनभर परेको भारी वर्षाका कारण सो नदीको जलप्रवाहमा तीव्रता आएकाले उद्धारमा कठिनाइ थपिएको थियो।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...