Saturday 18th May 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- चवालिसौँ भाग (४४)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/०५/०७
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- आफू खुसी मिल्दो ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १


बन्दकर्ताको बन्द गर्न लर्को लागिसक्यो
दिनरात बन्द देख्दा झर्को लागिसक्यो
जीवनशैली तहसनहस हेर अब
वर्षौँ बिते यस्तै चालले चर्को लागिसक्यो
सहनशीलताको सीमा धर्को लागिसक्यो ।


सधैँभरि बन्द मात्र बालक बिग्रिसके
भविष्यको कर्णधार चालक बिग्रिसके
नदेखिने नीतिहरू घातक हुने बनाबै
संस्कार बेथिति भयो पालक बिग्रिसके
प्रदूषण बढ्दै गयो सालक बिग्रिसके ।

सविता के.सी.

पञ्चाङ्ग २

बन्दले देश बन्दैन बुझ्नु भाे ?
विकास यस्ले खन्दैन बुझ्नु भाे ?
विराेध्का अरु पनि उपाए छन्
यस्तालाई क्यै गन्दैन बुझ्नु भाे
अग्रगामि नि भन्दैन बुझ्नु भाे ?

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग ३

चिल्लो पिरो कति होइन सादा नै खाऔ दर यसपालि तीजमा
नगरी देखासेखी संस्कारको गरौ कदर यसपालि तीजमा
वर्ष भरी घर धन्दा गर्दा गर्दा कति बोझिलो भाको होला मन
छमछम नाची बोझिलो मन गरौ सदर यसपालि तीजमा
यो नेपाली नारीको चाडलाई गरौ आदर यसपालि तीजमा!

– पशपती राई खोटाङ

पञ्चाङ्ग ४

अनौठो रहर कसैको
विचित्र सहर कसैको
सहरमा रम्ने रहर
बनेछ कहर कसैको
विषाक्त जहर कसैको ।

– आर्त अकुलीन
देवाश्रम, कैलाली

पञ्चाङ्ग ५

मानिसको खती गर्ने बन्द हो
व्यपारको क्षति गर्ने बन्द हो
बिना बन्द सबैको सहज छ
आचरण अति गर्ने बन्द हो
हुनेहार जति गर्ने बन्द हो।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ६

बन्दका बन्द के गरायो यहाँ
दुःखले दुःखी नै करायो यहाँ
द्वन्द्वले देशको स्थिति नै डुबी
शान्ति नै विलायो हरायो यहाँ
कल्किका मध्यमा डरायो यहाँ ॥

गुणनिधि घिमिरे दमक झापा

पञ्चाङ्ग ७

विकास भयन भन्दै बन्द गरेका छन्
राजनीति हो भनेर द्वन्द गरेका छन्
देशको पैसा लुट्न र कुर्सीका लागि
जनतासँग अनेकौं छन्द गरेका छन्
नभनेनी व्यवहार गन्ध गरेका छन् ।

हेमराज महरा,
रोल्पा नगरपालिका 5 रोल्पा
हाल केरला

पञ्चाङ्ग ८

पाइलो नसार्नेले,सगरमाथा छुन्छु भन्छ
रङ्ग ढङ्ग केही छैन, म अगाडि हुन्छु भन्छ
यस्तो लाग्छ अरु बोल्ने, अधिकार छैन यहाँ
बोल्न कोही खोज्यो भने,तिम्रो मुख थुन्छु भन्छ
हिया के हो थाहा छैन, माया जाल बुन्छु भन्छ ।
**
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ९

भुजङ्गप्रयात
————–
भिजाएर आँखा न बोले नि राम्री
लुकाएर घुम्टो न खोले नि राम्रो
भने हुन्छ सोझै कुरा त्यो नढाँटे
कजाएर नाता न पोले नि राम्री
खुसी प्रेमको त्यो नरोले नि राम्री ।

नारायणप्रसाद निरौला, काठमाडौँ

पञ्चाङ्ग १०

उदाश यो शैलमा निर्णय लिएर चल्दछन् बन्द कर्ता
कोही कसैको निर्देशनमा धपक्क बल्दछन् बन्दकर्ता
ढुङ्गाले हान्दा हान्दै, बन्द गरेर घाटा हुने जान्दा जान्दै
माग समुद्र भइ दिएमा लपक्क गल्दछन् बन्दकर्ता
सोझा जनताको सबै कथा दिएर छल्दछन् बन्दकर्ता ।

प्रेम थापा

पञ्चाङ्ग ११

के हुन्छ दिनदिनै बन्द गरेर यहाँ
नचाहिँदो कुरामा मन भरेर यहाँ
परिवर्तनका नाममा नकारात्मक हुने
घरबाट भिर बसाइँ सरेर यहाँ
खानुपर्ने मुखले घाँस चरेर यहाँ ।

निर्मला सुवेदी,बागलुङ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...