Monday 12th October 2026

मणिपुरमा पचासौं सुमाङ लीला महोत्सव


डा. हरिमोहन पोखरेल , कोहिमा /मणिपुर राज्यको इम्फाल स्थित इबोयाइमा सुमाङलीला सङलेनमा पचासौ सुमाङलीला महोत्सव हिजो साँझबाट आरंभ भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका महामहिम राज्यपाल ला.गणेशनको प्रमुख आतिथ्यमा सम्पन्न सो महोत्सवमा राज्यका मुख्यमन्त्री एन बिरेनको पनि उपस्थिति रहेको थियो ।

समारोहमा आफ्नो सारगर्भित वक्तव्य प्रस्तुत गर्दै महामहिम राज्यपालले भने कि मणिपुरको सुमाङलीला आज विश्वविख्यात रहेको छ । उनले अगाडि भने कि यसको आफ्नै पारंपरिक र पौराणिक विशेषता रहेको पाइन्छ ।यस लोलाले राज्यकै सामाजिक र सांस्कृतिक एवं आर्थिक रूपमा रहेको कमजोरीलाई लीलाको माध्यमबाट सत्यता प्रस्तुत गरेको पाइन्छ ।

समारोहलाई सम्बोधित गर्दै मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरमा प्रत्येक वर्ष सुमाङलीला महोत्सव आयोजना गरिन्छ ।जसले आज पचास वर्ष पुगेको छ ।यो एउटा ऐतिहासिक दिन हो ।
उनले अगाडि थपे कि राज्यको उन्नति र विकासमा आई रहेको कमजोरीलाई सुमाङलीलाले जसरी प्रस्तुत गरेको छ ।त्यसको अलग्गै इतिहास रहेको पाइन्छ ।
यसै अवसरमा विभिन्न रंगारंग कार्यक्रम रहेको र सुमाङलीलाका वरिष्ट कलाकारहरूलाई समेत सम्मानित गरिएको थियो ।

स्मरण रहोस सुमाङलीला एक प्रकारको छोटो नाटक हो ।जो विशेष गरेर मणिपुरमा खेलने गरिन्छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७…

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

प्रतिकृयाहरू
...