Monday 22nd June 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११६ औं श्रृङ्खला तीज विशेष काव्य गाेष्ठी सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११६ औं श्रृङ्खला तीज विशेष काव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल भाद्र ८ गते भव्यताका साथ सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार गंगा लिगलकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा लिगलले मन्तव्य व्यक्त गर्नु हुँदै जमानाकाे कुरा पनि नयाँ भएर अाउँछ जसले भलाे गरेर जान्छ उ कृष्ण जस्तै जन्मीरहन्छ भन्नु हुँदै रचना सुनाउनु भयाे । डा बम बहादुर थापाले महिलाल ३ जन्म पार गरेका हुन्छन् छाेरी,बुहारी,सासु ।३ भूमिकामा देखिने महिला जिम्मेवारीमा सँधै अगाडि हुन्छन् भन्नु हुँदै अहिले तीज खास नबुझी रमिता हुन पुग्याे ।१महिना चुलाे बाल्न नपर्ने गरी दर खाने याे विकृतिनै जस्ताे लाग्छ ।भन्नु हुँदै रचना सुनाउनु भयाे ।विशिष्ठ अतिथि कलानिधि दाहालले नारीलाई बनाएकाे तीज अचेल पीडामा छैनन् नारिहरु भन्नु हुँदै रचना सुनाउनु भयाे ।

सुधा बास्काेटाकाे कुशल उद्घघाेषणमा भएकाे काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमस ललिता दाेषि,खगेन्द्र प्रसाद बस्याल,लक्ष्मी प्रसाद मिश्र,दुर्गा भमरकाेटे,चन्द्रा न्याैपाने,गंगा गहतराज,गुप्त बहादुर श्रेष्ठ,नारायण निराैला,सविता वाग्ले,शारदा अाचार्य,सरस्वती श्रेष्ठ,टेक बहादुर लाैडारी,उमा अाेडारी,उर्मिला पन्त,द्वारिका कुईंकेल,उत्तम भेटवाल,चुडा निर्भिक,सम्भु गजुरेल,लगायत २३ जना सर्जकहरुले अा-अाफ्ना रचना वाचन गर्नु भयाे ।।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सिद्धान्त प्रष्ट पार्नु हुँदै तिजकाे भाकामा खाेरिया उत्कृष्ट छ भन्नु हुँदै तीज विशेष याे कार्यक्रममा लगभग सबै स्रष्टाहरूले खाेरिया नै प्रस्तुत गर्नु भएकाेमा खुशी व्यक्त गर्नु हुँदै प्रमुख अतिथि,विशिष्ठ अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथि साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गरि अाफ्नाे रचनाकाे साथ कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...