Tuesday 10th March 2026

मणिपुरमा एकतीसौं भाषा मान्यता दिवस सम्पन्न


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा मणिपुरी भाषाले संविधानको आठौं अनुसूचिमा गाभिएको दिनलाई भाषा मान्यता दिवसको रूपमा मनाएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि हामीहरूले युवा पुस्तालाई हाम्रो अतितको इतिहास, त्याग र बलिदानको ऐतिहासिक कुराहरूलाई साहित्यमा लेख्ने प्रेरणा दिनु पर्दछ । उनले अगाडि भने कि हाम्रो गौरवमय इतिहास कतिपय युवा पुस्तालाई थाहा नै छैन ।हामीले भाषा संग्रामीहरूलाई पनि उनीहरूले भाषा प्रति गरेको माया र विश्वासलाई बचाएर राख्नु पर्ने हुन्छ ।

मुख्यमन्त्रीले अगाडि थपे कि मणिपुरी भाषा प्रति शोध र संवर्द्धन गर्ने समय आएको छ ।
यसको लागि युवा पुस्तालाई अगाडि बढाउनुपर्छ ।जसले एउटा अलग्गै इतिहास कोरने छन ।

स्मरण रहोस नेपाली, मणिपुरी र कोंकणी भाषाले हिजोकै दिन मान्यता पाएका थिए ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...