Monday 19th October 2026

मणिपुरले मनायो पचहत्तराैं स्वतंत्रता दिवस


डा. हरिमोहन पोखरेल,कोहिमा /भारतवर्ष भरी नै हिजो आजादीको पचहत्तराैं स्वतंत्रता दिवस मनाए सरह सीमान्त राज्य मणिपुरले पनि धेरै हर्षोल्लासका साथमा स्वतन्त्रता दिवस मनाइएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्य कार्यक्रम इम्फाल स्थित फास्ट एम आरको पेरेड ग्राउंडमा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले तिरंगा झण्डा फहराकर सलामी लिए ।

यस पावन अवसरमा बोल्दै मुख्यमन्त्री बिरेनले भने कि आजादीका अमृत महोत्सव कार्यक्रम अंतर्गत हामीहरूले आज व्यापक रूपमा स्वतंत्रता दिवस मनाउन पायौ ।हाम्रो लागि आजको दिन गौरवमय दिन हो । उनले अगाडि थपे कि हामीले आजकै दिन ब्रिटिसको गुलामीबाट मुक्त भएका थियौ ।अब हामीले राज्यको उन्नति र विकासको लागि पाइला उठाउने बेला आएको छ ।

उनले अगाडि भने कि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आज राष्ट्रिय स्तरमा जुन महत कार्य भइरहेको छ ।त्यसमा हाम्रो पनि योगदान उतिनै छ । मुख्यमन्त्रीले अगाडि थपे कि राज्यको उन्नतिको लागि विभिन्न क्षेत्रबाट पाएको सहयोग हामीले भुलेको छैन ।हामी हाम्रो राज्यको भिजन डकुमेनट तैयार पार्ने प्रयासरत छौ ।जसले मणिपुरको हिल र भेलीको उन्नति होस ।

यसै अवसरमा उनले राष्ट्रिय स्तरमा पदक विजेताहरूलाई पनि सम्मान गरे भने राज्य स्तरका विभिन्न क्षेत्रमा मेडल र पदक विजेताविजेताहरूलाई पनि सम्मान गरे ।
मुख्यमन्त्रीले आजकै दिन स्वाधीनता सङ्ग्राममा आफ्नो जीवन उत्सर्ग गर्ने स्वतंत्रता सेनानीहरूलाई पनि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्मरण रहोस मणिपुरमा प्रत्येक वर्ष व्यापक रुपमा स्वतंत्रता दिवस मनाउने गरिन्छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...