Friday 23rd January 2026

मणिपुरमा राष्ट्रिय राजमार्गको स्थिति बारेमा बैठक संपन्न


डा. हरिमोहन पोखरेल,कोहिमा / मणिपुरमा राष्ट्रिय राजमार्गको स्थिति धेरै नै खराब भएको र वर्तमान मर्मतको काममा आईरहेको विभिन्न समस्याहरुलाई लिएर एउटा बैठक संपन्न भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राष्ट्रिय राजमार्ग (इम्फाल -डिमापुर) लगायत (इम्फाल -सिलचर) माथी आई रहेका अनेकौं समस्याहरूको समाधान गर्ने कुरा पनि बैठकमा गहन छलफल भएको जानकारी प्राप्त भएको छ ।

मुख्यमन्त्री विरेनले राष्ट्रिय राजमार्गको कार्यभार लिएका एजेन्सीहरू माथी कुनै प्रकारको बाधा नदिने र समयमा कार्य संपन्न गर्ने कुरा पनि बताएका छन । उनले अगाडि भने कि राष्ट्रिय राजमार्गको कार्यमा सबैले सक्दो सहयोग गर्दै संबंधित एजेन्सीलाई र सरकारलाई समेत दिशा निर्देश गर्ने कुरा भने ।

स्मरण रहोस् मणिपुरमा दुइवटा राष्ट्रिय राजमार्ग छन ।यस महत कार्यमा सबैले सहयोग गर्नुपर्ने आफ्नो कर्तव्य बन्दछ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...