Wednesday 13th May 2026

व्लाक होल प्रेमीलन हुन्छ


ब्लाक होल को विषयमा धेरै कुराहरु हुने गर्दछन तर त्यो बैज्ञानिक अनुमान र अनुसन्धान सधै एकनाशको निश्कर्षमा सिमित हुदैनन । ब्रमाण्डको विशालताका अगाडी एउटा साना पिण्डमा रहेका मानिसको ज्ञान अति कम हो । तर पनि मानिस मात्र यस्तो प्राणी हो जो सँग सोच्ने, नयाँ नयाँ कुराको खोजी गर्ने अथाहा क्षमता छ ।

पृथ्वी, चन्द्रमा, सुर्य र ताराहरुको संख्या ब्रमाण्डमा अरबौ खरबौको संख्यामा छ । विज्ञानले पत्ता लगाएका दर्जनौ ग्यालेक्सि छन र प्रत्येक ग्यालेक्सिमा अरबौ ताराहरु छन । ती ग्यालेक्सीहरुमा एक वा त्यो भन्दा धेरै व्लाकहोलहरु पनि छन । यस्तो विशाल ब्रमाण्डीय संरचनामा मा पृथ्वी यति सानो बस्तु हो जसरी यो पृथ्वीको नक्सामा तपाईको घर लाई अटाउन वा देखाउन सकिन्दैन ।

व्लाकहोल यी सवै ग्रह वा ताराहरु को काल हो । सवै ग्रहहरुको विनाश निश्चित हुन्छ । कुनै ग्रहहरु आपसमा ठोकिएर ध्वस्त हुन्छन, कुनैमा अधिक ज्वालामुखीका कारणले सकिन्छन, कुनैमा पर्यावरण वा बातावरण नभएर विनाशको मार्गमा जान्छन, कुनैमा छुद्र ग्रहहरु बजारिएर मृत हुन पुग्दछन । कहि ड्राक मेटरको त कहि अन्य कुनै प्रकारको असरले मासिन्छन । धेरै जसो ग्रहहरुको विनास ढिलो र चाडोको कुरा अलग हो तिनको अन्तिम गन्तव्य व्लाकहोलमा पुगेर हुने गर्दछ । व्लाकहोलको विशालता यस्तो छ की सिंगो हाम्रो सौर्य मण्डल व्लाकहोलका लागि एक गाँस खाना हामीले मुखमा हाले जस्तै हो ।

व्लाकहोल प्रेमय हुन्छन भनेर महसुर बैज्ञानिक स्टेफिन हाकिंसले भनेका थिए । यसो भन्नुको कारण के हो भने उसले जहिल्यै आफू नजिकका सवै कुराहरुलाई तानिरहेको हुन्छ । यसको मतलब त्यहाँ एक प्रकारको आर्कषण हुन्छ जुन कुरा गुरुत्वाकार्षण बलबाट सृजित हुने गरेको हो ।

जब कुनै दुई व्लाकहोल आपसमा नजिकिन्छन तब त्यहाँ उनीहरु बीचको घुम्ने गति अधिक भन्दा अधिक बढेर जान्छ । व्लाकहोल आफैमा अथाह ग्रहहरुको सागर वा समुन्द्र हो । सिंगो एउटा आकाश गंगालाई नै व्लाकहोल ले अस्थिर बनाएर हिडिरहेको हुन्छ । उसको मार्गका जति पनि ग्रहहरु आउछन तिनीहरुलाई क्षण भर मै व्लाकहोल ले आफूमा समाहित गर्दछ । तिनीहरु उसको मुखमा पसेपछि हराउछन । यो यति विशाल हुन्छ की हाम्रो पृथ्वी भन्दा लाखौ गुण ठुला ग्रहहरुलाई उसले सजिलै निलिदिन्छ । जब दुई व्लाकहोलहरु आपसमा मिल्छन त्यसबेला भने ब्रमाण्डमा ठुलो विस्पोट हुन पुग्दछ । जतिवेला एउटाको अस्तित्व सदाका लागि समाप्त हुन्छ । त्यसरी हुने विस्पोटको वेब अर्थात छाल ब्रमाण्डमा सवै तिर फैलन्छ । त्यति बेला कुनै ग्रहरु तानिन्छन, कुनै उछिटिन्छन र कुनै टुक्रिन्छन । कुनै डुटिन्छन । त्यसपछि उक्त ब्रमाण्डमा एकल शक्तिको कारण फेरी अर्को संरचना तयार हुन थाल्दछ । नयाँ नयाँ ग्रहहरुको उत्पति हुने क्रमको शुरुवात हुन्छ । यो क्रम अरबौ बर्ष सम्म चलिरहन्छ र एउटा स्थिर ब्रमाण्ड र नियममा चल्ने ग्रहहरुको अर्को संरचना तयार हुन्छ । कुनै बेला यस्तै भएर हाम्रो सौर्य मण्डल बनेको हो । सुर्यबाट उछिटिएका चैटा मध्येको पृथ्वी पनि एउटा हो । यसर्थ सौर्य परिवारका सवै ग्रह वा उपग्रहरु लगभग उस्तै पदार्थले बनेका छन । बृहस्पती को कुरा अलिक बेग्लै छ किनकी यसमा पदार्थ भन्दा धेरै ग्यास छ । जुन ग्रह विशाल र उर्जाशिल छ त्यसको गुरुत्व बल ले एउटा परिवार निर्माण गर्ने गरेको हुन्छ । कम गुरुत्वाकर्षण भएका ग्रहरु बलियोको वरिपरी परिक्रमा गर्दछन । ग्रहहरु भन्दा साना उपग्रहरु उसको नजिकैको ठुलो ग्रहहरु को चन्द्रमा का रुपमा घुम्न थाल्छन ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...