Saturday 24th October 2026

कुवेतमा नेपाल लगायत अन्य देशका घरेलु कामदारका लागि नयाँ शुल्क सार्वजनिक


बसन्त थापा – कुवेत सरकारले घरेलु कामदार ल्याउनको लागी मूल्यमा हेरफेर गर्ने निर्णय गरेको छ ।

वाणिज्य तथा उद्योग मन्त्री र सामाजिक मामिला तथा सामुदायिक विकास मन्त्री फहद अल-शरियानले हवाई भाडा समावेश नगरी घरेलु कामदारको लागी अधिकतम मूल्य निर्धारण गर्ने निर्णय गरेका छन।

निर्णयमा २०१५ को कानूनका अनुसार धारा ६९ को प्रावधानमा कुनै भेदभाव नगरी नेपाल, भारत र श्रीलंका, बाट ७०० कुवैती डिनर लागत संगै अफ्रीकी मुलुकबाट ५०० कुवैती डिनर खर्च लाग्ने बताएका छन भने उक्त खर्चमा हवाई टिकट समावेश नरहेको जानकारी गराए। साथै सरकारद्वारा जारी निर्णयको दोस्रो धारा बमोजिम शुल्क उल्लङ्घन गर्नेलाई कारबाही हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...