Saturday 24th October 2026

कुवेतमा अनुमति बिना फोटो/ भिडियो खिच्न नपाइने : गृह मन्त्रालय


बसन्त थापा – कुवेतस्थित गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडिओ खिच्न तथा उक्त तस्विर वा भिडियोलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

गृहमन्त्रालयको साइबर अपराध विभागले गत बुधवार एक विज्ञप्ती जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारीनै नदिई अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कुवेतको कानूनबमोजिम कडा कारबाही गरीने गृहमन्त्रालयलाई उद्धत गर्दै अल-जरिदा दैनिकले जनाएको छ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा विभिन्न किसिमका भिडिओ तयार गरी सोही भिडियोलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...