Tuesday 13th January 2026

सिंगल यूज प्लास्टिक माथि कार्यशाला


डा. हरिमोहन पोखरेल, कोहिमा/भारत सरकार द्वारा गतः जुलाई एक तारिखबाट भारतमा सिंगल यूज प्लास्टिक पूरा नै बंद गरे पश्चात यसका सकारात्मक परिणामहरू पनि देखा परेका छन । यसै महत कार्यलाई अझै अगाडि बढाउनको लागि बाड डेभलपमेन्ट समिति बायब द्वारा राखिएको एकदिने कार्यशालामा बोल्दै कोहिमा मुनिसिपल काउन्सिलकी एडमिशटेटर लुङसिमला लोङखुमरले भनिन कि प्लास्टिक आज हाम्रो जीवनमा अभिन्न अंग बन्दै आएको छ । यसको नकारात्मक परिणामले गर्दा आज हामी भित्र -भित्रै एक प्रकारको बिमारी जस्तै भएका छौ ।

उनले अगाडि भनिन कि हामीले प्लास्टिकको प्रयोग कम मात्रामा गर्नुपर्ने बेला आएको छ।प्लास्टिकप्लास्टिकले आज हाम्रो माटो, पानी तथा पर्यावरण माथि पनि ठूलो क्षति पुर्‍याएको छ।त्यसैले गर्दा हामीले यसको रोकथाम गर्नुपर्ने र सचेत हुनुपर्ने बेला आएको छ।
कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै कुमारी लुनलेला टिम लिडर जबजब सफाई अभियानले भनिन कि आज संसारभरि नै प्लास्टिकले एक छत्र धाक जमाएको छ।यसको प्रयोग कम मात्रामा गर्नुपर्ने बेला आएको छ ।
उनले अगाडि भनिन कि यसले हाम्रो जीवन र जगतलाई समेत बर्बाद गरेको छ ।

कार्यक्रममा एसडीओ सदरले धन्यवाद ज्ञापन गरे पश्चात समापन भएको थियो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...