Tuesday 10th March 2026

सिंगल यूज प्लास्टिक माथि कार्यशाला


डा. हरिमोहन पोखरेल, कोहिमा/भारत सरकार द्वारा गतः जुलाई एक तारिखबाट भारतमा सिंगल यूज प्लास्टिक पूरा नै बंद गरे पश्चात यसका सकारात्मक परिणामहरू पनि देखा परेका छन । यसै महत कार्यलाई अझै अगाडि बढाउनको लागि बाड डेभलपमेन्ट समिति बायब द्वारा राखिएको एकदिने कार्यशालामा बोल्दै कोहिमा मुनिसिपल काउन्सिलकी एडमिशटेटर लुङसिमला लोङखुमरले भनिन कि प्लास्टिक आज हाम्रो जीवनमा अभिन्न अंग बन्दै आएको छ । यसको नकारात्मक परिणामले गर्दा आज हामी भित्र -भित्रै एक प्रकारको बिमारी जस्तै भएका छौ ।

उनले अगाडि भनिन कि हामीले प्लास्टिकको प्रयोग कम मात्रामा गर्नुपर्ने बेला आएको छ।प्लास्टिकप्लास्टिकले आज हाम्रो माटो, पानी तथा पर्यावरण माथि पनि ठूलो क्षति पुर्‍याएको छ।त्यसैले गर्दा हामीले यसको रोकथाम गर्नुपर्ने र सचेत हुनुपर्ने बेला आएको छ।
कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै कुमारी लुनलेला टिम लिडर जबजब सफाई अभियानले भनिन कि आज संसारभरि नै प्लास्टिकले एक छत्र धाक जमाएको छ।यसको प्रयोग कम मात्रामा गर्नुपर्ने बेला आएको छ ।
उनले अगाडि भनिन कि यसले हाम्रो जीवन र जगतलाई समेत बर्बाद गरेको छ ।

कार्यक्रममा एसडीओ सदरले धन्यवाद ज्ञापन गरे पश्चात समापन भएको थियो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...