Tuesday 9th June 2026

बाराका सुकुम्बासी लालपुर्जा पाउने व्यग्र प्रतिक्षामा


बि. आर. उप्रेती – खान लगाउन, बास बस्न, स्वास्थ्य, शिक्षा जस्ता मानिसको आधारभूत आवश्यकता हो। यसमा दुई मत नहोला । तर के गर्नु हाम्रो कृषिप्रधान देश भए तापनि सबै नेपालीहरु मध्य कतिका जग्गा छैन, कतिका घरवास छैन, कसैका जग्गा जमिन धेरै थोर भए तापनि ऐलानी जग्गामा बसोबास भएकोमा त्यस्ता जमिन नापी दर्ता गर्नुपर्ने धेरै जिल्लाका कृषकहरुको घरवास जग्गा जमिन पर्छ ।

विगतमा चालिसौं वर्ष अघि देखि सरकारबाट कहिले वन सुदृढीकरण उच्च स्तरीय आयोग, कहिले सुकुम्बासी समस्य समाधान आयोग, जस्ता नामबाट पटकपटक गठित आयोगले काम गरे तापनी धेरै कृषक जनताहरु त्यस्ता आयोगबाट लाभान्वित भएको देख्न सकिएन । त्यस्ता आयोग बारामा पनि गठन भएर काम गएका होलान् ।कतिपय क्षेत्रमा केही ज. ध. पुर्जा वितरण पनि भएका होलान् तर जीतपुर सिमरा उप महानगरपालिका केही वडामा विगतका कुनै आयोगले पनि नापी सम्बन्धि कामको सुरुवात ( नक्सा सिमांकन समेत गरेको छैन यस्तै वडा नम्बर १६ लगायतमा गत सालमा ऐलानी जग्गाको लगत संकलन गरेको देख्दा त्यस भेगका जनताहरु खुशी थिए । काम चाहिँ केहि प्रतिशात भएर वडामा फाइल पोका बनाएर राखियो । तर अहिले राष्ट्रिय भूमि हिन आयोगले ऐलानी जग्गा नापी दर्ता प्रक्रिया अघि बढाउने भनी वडाहरुमा तत् सम्बन्धित क्रमिक रुपमा काम अघि बढाई रहेको बुझिन्छ । झन् वडा नम्बर १६ मा त वडा अध्यक्ष हरिदेव खरेल नापी कार्यमा छिटो छरितो कार्य होस् भनी लागी रहनु भएको बुझिन्छ ।

यसरी गत सालमा ऐलानी जग्गाको लगत संकलन भइ बसेका फाइलमा आवश्यक कागज पत्रको अध्ययन तथा कम्प्युटरमा डाटा इन्ट्री गर्ने लगायतका आवश्यक काम गर्न पिलुवाका समाजसेवी केही सक्रिय युवाहरु अहोरात्र खटिइ कम्प्युटरमा गर्नुपर्ने पर्ने काम गरिरहेको देखिन्छ । यो देख्दा स्थानीय जनताहरु लालपुर्जा पाइन्छ कि भन्दै खुशी भएका छन् । त्यसकारण यस किसिमले काम गर्दा पनि नापी दर्ता हुन सकेन भने अहिले खुशी हुने व्यक्तिले के सोच्लान ? तसर्थ नगर स्तरमा प्रतिनिधित्व गर्ने, वडा वडाका जनप्रतिनिधि तथा स्थानीय वरिष्ठ बुद्धिजीवीहरु तथा सरोकारवालाहरु सबैले आगामी हुन लागेको ऐलानी अव्यवस्थित जग्गा नापी दर्ता गराउन लागि पर्नु पर्छ अनि मात्र नापी दर्ता छिटो छरितो भइ कार्य सम्पन्न होला । तब जनताहरु लाभान्वित होलान् र आ आफ्ना स्थानीय जन नेताहरू र वरिष्ठ बुद्धिजीवी समाजसेवीको जय जयकार मनाउलान । यस्तै चर्चा गफ सूनिन्छ चोक चौतारा, होटल जस्ता स्थानमा।

हाल : बारा
सम्पादनः केदार नाथ खरेल


सम्बन्धित शीर्षकहरु

इरान र इजरायलबीचको बढ्दो द्वन्द्वका बीच सामान्य इरानी नागरिकहरूमा चिन्ता, अनिश्चितता र थकान बढ्दै गएको छ। BBC Persian सँग कुरा…

इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले…

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

प्रतिकृयाहरू
...