Tuesday 23rd April 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- एकचालिसौँ भाग (४१)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/०४/१७
………………………………..
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- खाली, जाली, ताली, माली, आली, गाली, पाली, काली, साली, थाली आदि मिल्दो ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :- १८

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

जिउन नजानेपछि मानव खाली हुन्छ जीवन
अलमलमा परेपछि भुत्ते फाली हुन्छ जीवन
कदमकदममा होस पुर्याउनुपर्छ मान्छेले
समर्पण मात्र भए खेतको आली हुन्छ जीवन
विश्वासमा हार्नुपरे सबैको जाली हुन्छ जीवन ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

खेतमा पानी छेक्न लगाएको आली जस्तै रहेछ
दुनिया मान्छेलाई झुक्याउने जाली जस्तै रहेछ
कति मिठो कुरा गरी फसाउन आएको उसलाई
गफ लगाउने बाहेक दिमाग त खाली जस्तै रहेछ
मान्छे राम्रो भएपनि बानी त थाली जस्तै रहेछ

हेमराज महरा,
रोल्पा नगरपालिका ५, रोल्पा

पञ्चाङ्ग ३

मनको कुरा कहिले नबुझ्ने उही मेरि काली छ
अहिलेसम्म मप्रति सदैव उस्को माया खाली छ
एउटा हातले ताली नबज्ने नै हो कहिलै पनि
अब त उस्लाई बदला लिने मेरो पनि पाली छ
ऊ बाहेक अर्कैलाई रोज्दा साथीहरूको ताली छ ।

अच्युत घिमिरे भुटान

पञ्चाङ्ग ४

फूलहरूको माझमा एक नम्बरी जाली रहेछौ
गाउँ समाजमा तिमी पूर्ण भनेको खाली रहेछौ
आखिर अनावश्यक गफ सुनायौ मानिस हाँसे
अर्थ विनाको केवल एक हातको ताली रहेछौ
सुगन्धी वायु हरायो फूल विनाको माली रहेछौ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ५

सङ्घर्षले पाएको त्यो जितमा ताली मन पर्छ
गल्तीको आभूती आमाले दिएको गाली मन पर्छ
वरिपरि डाली भरि, त्यो फूलमा हरियाली छरि
उही फूललाई रेख,देख गर्ने माली मन पर्छ
भोको पेटमा आमाले पडोसेको थाली मन पर्छ।

Singer Bishal
Kohalpur, banke

पञ्चाङ्ग ६

रिसाउन्नौ तिमी भने ओइ काली भन्न मनलाग्यो
घरकीलाई भुलेर यहाँ खाली भन्न मनलाग्यो
देखेर तिम्रो रुप र रङ्ग म त लठ्ठ परिसके,
स्याउझैँ तिम्रा गाला चिमोट्दै साली भन्न मनलाग्यो
खाली सिउँधो रङ्ग्याई घरवाली भन्न मनलाग्यो ।

वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग ७

दिल मिल्ने होस् न मलाइ त अलि काली मनपर्छ
ख्याल ठट्टा गरेर जिस्कने अलि जाली मनपर्छ
कहिलेकाहीँ अन्जानमै म बाट गल्ती भयो भने
उनले नि कस्तो काले भनी गरेको गाली मनपर्छ
उनको दिलको दरबार सधैं खाली मनपर्छ!

पशपती राई खोटाङ

पञ्चाङ्ग ८

न आफूले जान्यौ,न त मान्यौ अटेर खाली किन हो
सक्दो सहयोग गरेकै हो , मलाई गाली किन हो
नौजाल रहेछ रे , मन चन्चल भइ बहेछ रे
बानी परेछ छान्दै हिड्ने त्यो मस्तिष्क जाली किन हो
पश्चाताप होला अहिले साख्खै भइ ताली किन हो ?

प्रेम थापा “मन”

पञ्चाङ्ग ९

फर्क फर्क हे प्रदेशी कृषियोग्य जमीन खाली छ
प्रदेशमा त्यस्तो के छ र दाम भन्दा धेरै गाली छ
श्रम गरे सबथोक हुन्छ हाम्रै मलिलो माटोमा
आऊ अब भर्नु पर्ने परिवारको रित्तो थाली छ
तिम्रो आगमनलाई स्वागत गर्ने धेरै माली छ।।

अरुण कु.भुजेल , गोरूबथान,कालेबुङ्ग, भारत ।

पञ्चाङ्ग १०

काली काली साली मेरी रैछ्यौ निकै जाली मोरी
अस्ति हेर्दा भन्दा पनि धेरै भैछ्यौ काली मोरी
काली साली फूल माली ताली पिट्न थाली
तिम्रो लागि ताली लाएँ गर्दिन म गाली मोरी
रमाईलो मनाउन भेटौं यसै पाली मोरी ।

गुणनिधि घिमिरे ।

पञ्चाङ्ग ११

भरि थिएँ कुनै बेला गएसि त तिमी, खाली भएँ
हेर्दै पीडा दिनुयाँले मेराे, बजाउने ताली भएँ
मागेकाे भगवानसँग उपहार भन्थ्याै मलाई
कसरी फेरि अाज दिने अनाहककाे गाली भएँ?
सुन्दैछु बजारमा म तिम्राे फटाह र जाली भएँ ।

रामराजा के. सी .
फर्पिङ , काठमाडौं

पञ्चाङ्ग १२

कोपिलामा रमाऊँ हामी माली बनेर
बाँझो जमिनलाई फोडौँ फाली बनेर
जीवनमा उतार चढाव आए पनि
छेउ कुना भित्ता मिलाऊँ आली बनेर
विश्वास घात गर्न हुन्न जाली बनेर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १३

बितेका पलहरू बिर्सौँ भन्छु खाली याद आउँछ
पथमा नबिग्रेस् भनि दिएको गाली याद आउँछ
सँगै हुदाँ बुनेका नयाँ सपना कति लटरम्मै
विदेश तिमी बाबाले फेरेको पाली याद आउँछ
तिम्रा मृग नयन हौसलाको ताली याद आउँछ ।।

✍️जमुना आचार्य
सिन्धुपाल्चोक


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...