Thursday 15th October 2026

इरानमा भारी वर्षापछि बाढी, २४ जनाको बाढीमा परि मृत्यु


इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि भारी वर्षाको कारण आएको बाढीमा परि कम्तीमा २४ जनाको मृत्यु भएको छ । उक्त बाढीमा परि अन्य १९ जना अझै बेपत्ता भएका छन् ।

‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ’ रेड क्रेसेन्ट सोसाइटीले जनाएको छ । बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ ।

इरानको सुख्खा दक्षिणी क्षेत्रमा गत सप्ताह मात्रै आएको बाढीको कारण २२ जनाको ज्यान गएको थियो । एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो । इरानले विगत दशकमा बारम्बार खडेरीका अतिरिक्त मुसल धारे वर्षापछिको बाढी पनि सामना गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...