Tuesday 15th July 2025

इरानमा भारी वर्षापछि बाढी, २४ जनाको बाढीमा परि मृत्यु


इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि भारी वर्षाको कारण आएको बाढीमा परि कम्तीमा २४ जनाको मृत्यु भएको छ । उक्त बाढीमा परि अन्य १९ जना अझै बेपत्ता भएका छन् ।

‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ’ रेड क्रेसेन्ट सोसाइटीले जनाएको छ । बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ ।

इरानको सुख्खा दक्षिणी क्षेत्रमा गत सप्ताह मात्रै आएको बाढीको कारण २२ जनाको ज्यान गएको थियो । एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो । इरानले विगत दशकमा बारम्बार खडेरीका अतिरिक्त मुसल धारे वर्षापछिको बाढी पनि सामना गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...