Monday 12th October 2026

लघुकथाः काल -हरिमोहन पोखरेल


एक ठाउँमा दुइटा बाख्राका बोकाहरू कुरा गर्दै थिए । अचानक पहिलोले भन्यो –‘दाई –!!दशैं आउन लागेको छ ।यसपालीको दशैँमा हामीहरूलाई मान्छेहरूले अवश्य काट्ने छन ।सम्झदा डर लाग्छ ।’

उसको कुरा सुनेर अर्कोले भन्यो –‘मान्छे विवेकशील होइन मुर्ख हो भाई । उसलाई त आफूभित्रको बोकोपन पो बलि गर या सधैंको लागि समाप्त गर भनेको त । आजसम्म हामीजस्तो तुच्छ जन्तुको हत्या गरेर खाई रहेको छ । मलाई त शरम लाग्छ ।’
उसले फेरि भन्यो –‘ईश्वरले हामीलाइ कस्तो काल दिएको हो । सम्झदा मुटु कामेर आउछ ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।

डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...