Saturday 12th July 2025

मणिपुरमा लिबरेसन टाइगर अफ ट्राइवलले गर्यो आत्मसमर्पण


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुरमा भाजपाको सरकारले शान्ति र सौहार्दपूर्ण माहौलको सृजना गर्ने क्रम जारी रहँदै गर्दा राज्यका विभिन्न अलगाववादी गुट बीच सरकारले शान्तिवार्ता गरेर आत्मसमर्पण गर्ने क्रम पनि जारी छ । यसैबीच लिबरेशन टाइगर अफ ट्राइवलका धेरै केडरहरूले आज आत्मसमर्पण गर्दै मुख्यधारमा जोडिएकोछ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार समर्पण गरेका केडरहरूले दुइटा एके – 47 राइफल, तीनवटा इन्सास राइफल, पोइनट टूटू राइफल तथा धेरै मात्रामा विस्फोटक पदार्थ रहेको कुरा बताइएको छ ।

होम कमिङ कार्यक्रममा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि भूमिगत जीवन व्यतीत गरेर मुख्यधारामा जोडिन आउनु ठूलो कुरा हो ।आजभोलीका युवाहरूले सकारात्मक कार्य गर्नुपर्ने समयमा भूमिगत जीवन जिउन बाध्य हुनु खुबै नराम्रो कुरा हो ।
उनले अगाडि भने कि सरकारले शान्ति वार्ताको लागि सबै संगठनले दरवाजा खुला राखेको छ भने आत्मसमर्पण गर्ने युवाहरूलाई एकपटक तीन लाखको सहयोग राशि लगायत प्रत्येक महिना छह हजारको स्टाइपेन पनि दिने छ ।

मुख्यमन्त्रीले अगाडि थपे कि केन्द्र सरकारको सहयोगमा केडरहरूले तीन साल सुधार केन्द्रमा रहनुपर्ने छ ।त्यस अवधिमा कौशल विकासको तालिम समेत दिइने छ ।
सबै केडरहरूलाई बधाई र शुभकामना दिदै उनले भने कि सरकारको प्रयासलाई शिरोधार्य गर्दै शान्तिको रास्ता अपनाउन खोज्नु नै ठूलो कुरा हो ।
यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

स्मरण रहोस मणिपुरमा विभिन्न अलगाववादी गुटका धेरै नै केडरहरूले आत्मसमर्पण गरि रहेका छन जुन भाजपा सरकारको ठूलो सफलता हो भन्दा फरक नपर्ला ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

प्रतिकृयाहरू
...