Tuesday 10th March 2026

मणिपुरमा लिबरेसन टाइगर अफ ट्राइवलले गर्यो आत्मसमर्पण


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुरमा भाजपाको सरकारले शान्ति र सौहार्दपूर्ण माहौलको सृजना गर्ने क्रम जारी रहँदै गर्दा राज्यका विभिन्न अलगाववादी गुट बीच सरकारले शान्तिवार्ता गरेर आत्मसमर्पण गर्ने क्रम पनि जारी छ । यसैबीच लिबरेशन टाइगर अफ ट्राइवलका धेरै केडरहरूले आज आत्मसमर्पण गर्दै मुख्यधारमा जोडिएकोछ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार समर्पण गरेका केडरहरूले दुइटा एके – 47 राइफल, तीनवटा इन्सास राइफल, पोइनट टूटू राइफल तथा धेरै मात्रामा विस्फोटक पदार्थ रहेको कुरा बताइएको छ ।

होम कमिङ कार्यक्रममा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि भूमिगत जीवन व्यतीत गरेर मुख्यधारामा जोडिन आउनु ठूलो कुरा हो ।आजभोलीका युवाहरूले सकारात्मक कार्य गर्नुपर्ने समयमा भूमिगत जीवन जिउन बाध्य हुनु खुबै नराम्रो कुरा हो ।
उनले अगाडि भने कि सरकारले शान्ति वार्ताको लागि सबै संगठनले दरवाजा खुला राखेको छ भने आत्मसमर्पण गर्ने युवाहरूलाई एकपटक तीन लाखको सहयोग राशि लगायत प्रत्येक महिना छह हजारको स्टाइपेन पनि दिने छ ।

मुख्यमन्त्रीले अगाडि थपे कि केन्द्र सरकारको सहयोगमा केडरहरूले तीन साल सुधार केन्द्रमा रहनुपर्ने छ ।त्यस अवधिमा कौशल विकासको तालिम समेत दिइने छ ।
सबै केडरहरूलाई बधाई र शुभकामना दिदै उनले भने कि सरकारको प्रयासलाई शिरोधार्य गर्दै शान्तिको रास्ता अपनाउन खोज्नु नै ठूलो कुरा हो ।
यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

स्मरण रहोस मणिपुरमा विभिन्न अलगाववादी गुटका धेरै नै केडरहरूले आत्मसमर्पण गरि रहेका छन जुन भाजपा सरकारको ठूलो सफलता हो भन्दा फरक नपर्ला ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...