Monday 12th October 2026

चिरञ्जीवी ढकालका पञ्चाङ्गहरू


पञ्चाङ्ग-२०७९-०४-०४
८५,
हत्कडी पाउनेले, फेटा सेता पाएकोछ हजुर,
भन्नुस् त जनताले,कस्तो नेता पाएकोछ हजुर?
भन्छन् अझै गर्वले तिनकै, नोकर झोलेहरुले,
जन्ताले अनमोल रत्न, त्यता पाएकाेछ हजुर,
के था जन्ताले कति दुख,यता पाएकोछ हजुर?
८६,
चुरिफुरी नदेखाउ भो, मनको तिमी गरीब,
पाखुरी पनि सानै देख्छु,तनको तिमी गरीब,
हुनु र नहुनुमा तिमी, के नै पृथक होला र?
पर्दा सुकी निस्किने हैन,धनको तिमी गरीब,
बाकसमा भोट देखिन्न, जनको तिमी गरीब।
८७,
साँझ आउनु सल्लाह,गरौँ न है सानू,
एकअर्का माथि भर, परौँ न है सानू,
समाजले हामीलाई, एक हुनै दिन्न,
झिस्मिसेमै तल्लो घाट,तरौँ न है सानू,
मर्नैपरे सँगै हामी , मरौँ न है सानू।
८८,
खेती गर्नु विस्वासको,झुटको गोडमेल,
वल हुन्छ एकतामा, फुटको गोडमेल,
छोडिदैछ नेपालीभै,नेपाली भाषा भेष,
गर्नुपर्छ भित्रिएको, सुटको गोडमेल,
त्यो सुटले जन्माएको,गुटको गोडमेल।
८९,
यो देश त फटाहाले,लुटी खाने भए,
कालेगोरे एकैतिर, जुटी खाने भए,
कामगर्नु केही छैन, बेच्यो अलिअलि,
जे जे दिन्छ छिमेकीले,बुटी खाने भए,
चौतारीमा गफ, चुटी चुटी खाने भए।
—
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...