Tuesday 13th October 2026

मणिपुर र नागालैडमा राष्ट्रपति पदको निर्वाचनको मतदान सम्पन्न


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको इम्फाल स्थित विधान सभा सचिवालयमा राष्ट्रपति चुनावको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार लगभग सबै विधानसभा सदस्यहरूले एनडीए प्रत्याशी द्रोपदी मुर्मूलाई नै एकमुस्ट मतदान गरेको थाहा लागेको छ ।

मतदान पश्चात राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि हामीले एनडीए प्रत्याशीलाई नै मतदान गरेर राष्ट्रपतिको रूपमा देख्न पाउने आशा गरेका छौ ।

यसरी नै नागालैंडमा पनि नागालैंड विधानसभा सचिवालयमा राष्ट्रपतिको लागि मतदान भएको खबर प्राप्त भएको छ । प्राप्त समाचार अनुसार एनडीए प्रत्याशी द्रौपदी मुर्मूलाई नै शत प्रतिशत मतदान गरेको कुरा थाहा लागेको छ ।

एउटा विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री नेफयू रियोले मतदान पश्चात मीडियालाई बताए कि हामीले एनडीए प्रत्याशीलाई नै मतदान गरेर विजय बनाउने प्रयास गरेका छौँ ।

स्मरण रहोस् आजको दिन संपूर्ण भारतवर्षमा देशको सोह्रौ राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...