Monday 12th October 2026

कविताः मलाई आरक्षित गरिराख -कृष्ण बाउसे


मै किन जानुपर्यो र !
धेरै तयार छन् तिम्रो जन्ती जान ।

मलाई आरक्षित गरिराख
तिम्रो मलामीको रूपमा ।

जब तिमी
आफ्नो मलामी बनाउँछौ कसैलाई
तबमात्र
तिमी आफ्नो दानवीय रूपबाट मुक्त भएका हुन्छौ ।
तिम्रा दुष्ट आकांक्षाहरू पूरा गर्न
तिमीले स्वरूप दिएका
लडाइँका बर्बर शृङ्खलाको निर्देशकको भूमिकाबाट
तिमी त्यही दिनमात्र
निवृत्त भएका हुन्छौ
र त्यही दिनदेखि मात्र
तिमी
मेरो मित्र भएका हुन्छौ ।

तिम्रो निर्देशनमा चलेको
कुनै पनि नाटकको पात्र भएर
मलाई खेल्ने रहर छैन ।

कृपया
नायक बनाएर खेलाउँछु भन्दै
जाल नथाप ।

मै किन चाहियो र !
अरू नै तयार छन् तिम्रो नाटकको नायक बन्न
दम्भको लडाइँमा
मार्न र मर्न – मर्न र मार्न !

कोही बँच्दैन तिम्रो नाटकमा
तिम्रो द्वन्द्वको दृश्यपछि ।

नाटकको समाप्तिपछि
रङ्गमञ्चको पर्दा झार्न पनि कोही त चाहियो !

त्यसैले त भन्दैछु
जबर्जस्ती नगरेर नाटकको मूल पात्र बनाउन
मलाई आरक्षित गरिराख
तिम्रो मलामीको रूपमा ।


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...