Thursday 10th September 2026

कविताः आदिकविलाई हार्दिक नमन -सीता देवी


आदिकवि भानुभक्त आचार्य प्रति हार्दिक श्रद्धासुमन ।

नेपाली साहित्यका ज्योति,
धनंजय आचार्य र धर्मावती देवीका छोरा,
तनहुंको रम्घामा,असार १३गते वि.स.१९७९
जन्मेका आदिकवि भानुभक्त तिमी ।
नेपालीको प्रान, नेपालीको मान ।
नेपाली साहित्यका ज्योति ,
बाल्मीकि रामायणको नेपाली अनुवादक,
विश्वमा जगमगाएको उज्जवल तारा ।
बधुशिक्षाले समाजमा नारीको
रीति नीति देखाउने मार्गदर्शक ।
श्री कृष्ण आचार्यको सुयोग्य नाति ,
घांँसीको़ कर्मयोजना सुनि नाम कमाने
प्रेरणाले अगि बढ़ने साहसी वीर ।
कवितामै बोलने कवितामै गाउने र
कवितामै नाचने साहित्य स्रष्टा,
रामको आदर्श सृष्टि गरि,
समाज सुधारने वीर,
भाषा ,संस्कृति ,धर्म,दर्शन, परंपरा र
देशप्रेमको धरोहर।
नेपालीको विभूति सरी
समन्वयको विशाल क्षेत्र ।
प्रश्नोत्तर र भक्तमालाको सृजना गर्ने
सर्वगुणसंपन्न…. ‌
हे भानु,
तिमीलाई कोटि-कोटि नमन।।
सीता देवी, बिहपुरीया, लखिमपुर।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित लोकप्रिय पर्यटकीय गन्तव्य कोरोन नजिक यात्रुवाहक फेरी एमभी जुन एस्टर (MV June Aster) मा आगलागी हुँदा कम्तीमा…

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

प्रतिकृयाहरू
...