Monday 12th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १११ औं गुरुपूर्णिमा र २०९ औं भानु जयन्ती साहित्य विशेष काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १११ औं गुरु पूर्णिमा र आदिकवि भानुभक्त २०९ औं जन्म जयन्ती साहित्य विशेष काव्य श्रृङ्खला मिति २०७९ साल आसार २९ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बरिष्ठ साहित्यकार गंगा लिगलको प्रमुख आतिथ्यता नारायण प्रसाद निरौलाको विशिष्ठ आतिथ्यता अनि सिता पाण्डे अधिकारीको कुशल उद्घघोषणमा भएको विशेष काव्य गोष्ठीमा अतिथि साहित्यकारहरु क्रमश उर्मिला पन्त,दुर्गा रिमाल अधिकारी,गंगा अभिलाषी,सिता पाण्डे अधिकारी,द्वारिका कुईंकेल,उत्तम भेटवाल,तेज प्रसाद खनाल,सरस पाण्डे,घनश्याम पौडेल,उमा ओडारी,रविन्द्र आशिष शैली,हरि देवी पाण्डे,अवि अधिकारी,निशान्त अधिकारी,आदित्य पाण्डे (वाल कवि) लगायत १९ जना सर्जकहरुले आ आफ्ना गुरु र भानु विशेष कविता,खोरिया,वाचन गर्नु भयो ।

प्रमुख अतिथि गंगा लगलले गुरु शिक्षा विर्से चेलाको सत्कर्ममा त्रुटी देखिन् भन्नु हुँदै आफ्नो रचना सुनाउनु भयो ।विशिष्ठ अतिथि नारायण निरौलाले भनुले देखाएको बाटो हिड्न सके साहित्यिक सफलता हात पर्नेछ भन्दै कविता सुनाउनु भयो ।

अन्तमा जनार्दन अधिकारी धड्कनले आ गुरु पूर्णिमा र भानु जयन्ति परेको महत्व पूर्ण दिन हो पहिलो गुरु आमा,बाबा दोस्रो गुरु शिक्षक हो साहित्यमा भानुभक्त हामी सबैको गुरु हुनुहुन्छ भन्नु हुँदै भानु खोरिया र कविता सुनाउनु भयो ।

। आज १११ औं श्रृङ्खला जोडिने साहित्कार र निरन्तर जोडिनु हुने साहित्यकार ज्यूहरुको अमूल्य समयको योगदान भएकोले उत्साह जनक रुपमा अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएकोमा गर्व गर्र्दै खोरिया र कविता प्रस्तुत गर्दै अतिथि ज्यू, र सहभागी सम्पूर्ण स्रष्टाहरू,संरक्षक ज्यू,लगायत सम्पूर्ण उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु भइ खोरियाको सैदान्तिक अवधारणा व्यक्त गरी कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...