Monday 12th October 2026

कविताः आजको गुनासो -गुणनिधि घिमिरे


🙏 ॐ गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवः महेश्वरः 🙏
गुरु साक्षात परं ब्रह्मा तस्मै श्री गुरवेः नमः 🙏
आज गुरु पुर्णीमा रहेछ सबैलाई शुभकामना 🙏
सम्पूर्ण चराचर जगत गुरु मण्डलीमा मेरो हार्दिक नमन 🙏

— गुणनिधि घिमिरे
खान्द्रोङ्ग पाँचथर
उर्लाबारी मोरङ

आजको गुनासो
~~~~~~~~~~~~~~~~~~~~~~
एउटा राजा पाल्दा पाल्दै लाखौँ राजा भए
कर तिरेका पैसा जति उनकै खाजा भए
मिलेसम्म सुविधा र लाखौँलाख भत्ता
हाम्रो देशका जनता चाहिँ डम्फु बाजा भए ॥

मियो बिना दाईँ भयो
यिन्कै मात्र रजाईँ भयो
बिदेशीकै ईशारामा
यहाँ डम्फु बजाईँ भयो ॥

सुकुटे थिए चप्पल लाउनेहरू
दिनदिनै अफिस धाउनेहरू
पेन्सन भत्ता पाउन छाडे
यि चाहिँ सबथोक पाउनेहरू ॥

हेर कति साह्रो हाम्रो देश बिगार्ने नेताहरू
मनभित्र पाप धर्म सब निखार्ने नेताहरू
देश खाई सक्ने पऱ्यौ टुंग्याउने जस्तै गऱ्यौ
ठिक्क पार्दै मुखले मात्र देश सिंगार्ने नेताहरू ॥
~~~~~~~~~~~~~~~~~~~~~~~~
#म गुणनिधि घिमिरे हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

कुवेत, १२ अक्टोबर। साउदी अरबका विमानस्थलमा भएका घातक आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले साउदी अरब र यमनबीच संवाद सहजीकरण…

प्रतिकृयाहरू
...