Thursday 10th September 2026

श्रीलंकामा प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति नियुक्त, संकटकालको घोषणा


प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन् ।

संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबय राजपक्षले उनलाई नियुक्त गरेको जनाइएको छ । निवर्तमान राष्ट्रपतिले यस अघि नै अाज बुधबार पदत्याग गर्ने बताएका थिए  तर अाैपचारिक रूपमा उनले राजीनामा दिएको समाचार सार्वजनिक भएको छैन ।

अहिले  श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ ।

श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष सेनाको विमानमा देश छोडेर भागेका छन्। उनकी श्रीमती पनि सँगै रहेको बताइएको छ। राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनकारीहरूले उनको निवास कब्जा गरेको केही दिनपछि गोटाबयले देश छाडेका हुन् । राष्ट्रपतिले देश छोडेर भागे पनि कुन देशमा गए भन्ने कुरा बताइएको छैन ।

श्रीलंका अहिले चरम आर्थिक सङ्कटमा फसेपछि चर्को आक्रोश उत्पन्न भएको छ । श्रीलङ्कामा महिनौँदेखि दैनिक विद्युत् कटौती हुने गरेको छ भने मानिसहरूले इन्धन, खानेकुरा तथा औषधिको अभाव भोग्नुपरेको छ। केही सातादेखि मानिसहरू आन्दोलित भएका छन्, धेरैले यो अवस्थाका लागि राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष दिएका छन्


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...