Tuesday 23rd April 2024

दक्षिण अफ्रिकाको एक बारमा गोली चल्दा कम्तिमा १४ जनाको मृत्यु


दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो सहरको एउटा बारमा कम्तीमा १४ जनाको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीहरू आइतबार बिहान ओर्लान्डो ईस्ट टेभर्नमा प्रवेश गरे र युवाहरूको समूहमा अनियमित रूपमा गोली चलाउन थाले। त्यसपछि उनीहरु सेतो मिनीबसमा भागेका थिए ।

प्रहरीका अनुसार बन्दुकधारीहरू राइफल र नाइन एमएमको पेस्तोल लिएर बारभित्र पसेका थिए । आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उमेर १९ देखि ३५ वर्षको रहेको बताइएको छ । घटनास्थलमा प्रहरी पुग्दा रगतले लत्पतिएका १२ जना मृतकका खात फेला परेका थिए । गोलाबारीमा घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा थप धेरै व्यक्तिहरू गम्भीर अवस्थामा रहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...