Saturday 17th January 2026

नागालैंडमा अफ्रिकन स्वाइन फ्लू फैलिएको खबर


डा. हरिमोहन पोखरेल – कोहिमा /नागालैंडमा अफ्रिकन स्वाइन फ्लू तीव्र गतिमा फैलिएको र धेरै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ ।

राज्यको पशुपालन विभाग द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि कोहिमा, मेजेमा, फेरेमा, केदेमा, जाखामा आदि स्थानहरू अति संवेदनशील क्षेत्रको रूपमा चयनित गर्दै सुँगुरको मासुको खरिद -बिक्री समेत रोक लगाएको छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि कुनै पनि स्थानहरूमा बाहिरबाट ल्याएको सुँगुरहरू राख्न तथा मार्न पनि प्रतिबन्ध लगाएको छ ।

स्मरण रहोस् नागालैंडमा अफ्रिकन स्वाइन फ्लू गतः केही महिना अगाडि पनि फैलिएको खबर थियो ।जसले धेरै सुँगुरहरू मरेका थिए ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...