Tuesday 13th October 2026

भारतको जम्मु कश्मीर स्थित अमरनाथ क्षेत्रमा बाढी, कम्तिमा १६ को मृत्यु


भारतको जम्मु कश्मीरस्थित अमरनाथ क्षेत्रमा भारी वर्षासँगै आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ भने अन्य दर्जनाै मानिसहरू हराइरहेका छन् । अमरनाथ गुफा क्षेत्रमा वार्षिक मेला लागेको समयमा बाढी आएकोले हताहत हुनेमा सबै तिर्थालुहरू रहेका छन् । यस क्रममा गुफा नजिकै रहेका तीर्थयात्रीहरूका शिविर पनि बाढीले बगाएको सरकारी अधिकारीहरूले बताएका छन् ।

वार्षिक रुपमा मेला लाग्ने उक्त पहाडी गुफामा पूजा गर्नका लागि करिब १० हजार तीर्थयात्रीहरू जम्मा भएका थिए । बाढीपछि उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । बाढीमा हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

बाढीमा कम्तीमा ४० जना हराइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म १६ जनाको शव भेटिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाका कारण आफू दुखी बनेको प्रतिक्रिया दिएका छन् ।

हरेक वर्ष झैँ यस वर्ष पनि अमरनाथ तीर्थयात्रा जुन ३० मा सुरु भएको हो । जहाँ १० हजार जति तीर्थयात्रीहरू त्यसअघि नै उक्त गुफा भएको क्षेत्रमा पुगिसकेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...