Tuesday 13th October 2026

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरि हत्या, नेपालमा पनि शोक मनाइने


जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरि हत्या भएको छ ।शुक्रबार गोली प्रहारपछि उपचारको क्रममा आबेको निधन भएको हो । नारा सहरमा चुनावी सभामा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनलाई गोली प्रहार गरिएको थियो भने उनलाइ छातीमा गोली लागेको थियो । कट्टर राष्ट्रवादी नेताका रूपमा चिनिएका आबेलाइ पूर्व सुरक्षाकर्मीले पछाडिबाट गोली चलाएका थिए ।

सन् २००६ मा उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए। सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेले सन् २०२० मा स्वास्थ्यको कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए।

आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्‍को बैठकले आबेको निधनमा शनिबारका लागि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । यस्तै सरकारले उनको निधनमा दु:ख व्यक्त गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...