Sunday 21st June 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०९ औं बुढ्याैली साहित्य विशेष काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०९ औं बुढ्याैली साहित्य विशेष काव्य श्रृङ्खला यहि मिति २०७९ साल असार २२ गते सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा,बम वहादुर थापा,कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,पुरुषाेत्तम सिग्देल,दुर्गा भमरकाेटेकाे विशिष्ठ अातिथ्यता अनि दुर्गा अधिकारी रिमालकाे कुशल उद्घघाेषणमा भएको बुढ्याैली विशेष काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमश गुप्त बहादुर श्रेष्ठ,लक्ष्म प्रसाद मिश्र,खगेन्द्र बस्याल,उर्मिला पन्त,सिता पाण्डे अधिकारी,द्वारिका कुईंकेल,गंगा अभिलाषी,चन्द्रावती अधिकारी,वीर बहादुर लाेहनी,सरस्वती श्रेष्ठ,उत्तम भेटवाल,बिनु बाबा घिमिरे,शुरेश चन्द्र घिमिरे,टेक बहादुर लाैडारी,उमा अाेडारी,सुधा मिश्र,जानुका थापा,लगायत २८ जना सर्जकहरुले अा-अाफ्ना बुढ्याैली विशेष कविता,खाेरिया,सुसेली वाचन गर्नु भयाे ।

विशिष्ठ अतिथि डा,बम बहादुर थापाले अाजका कवितामा जगत र अाफ्ना जीवन भाेगाईका कविताहरू धेरै शक्तिशाली रुपमा देखापरे भन्नु भयाे । अर्का बिशिष्ठ अतिथि पुरुषाेत्तम सिग्देलले विभिन्न विधाबाट वाङमयकाे सेवा नै हाे ।खाेरिया,सुसेलीले पनि वाङमयकाे सेवा गरेकाे छ हामी सवै लागि पराैं भन्नु हुँदै अाफ्नाे रचना सुनाउनु भयाे । विशिष्ठ अतिथि कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंहले चन्द्रागिरिकाे उत्तराेत्तर प्रगतीकाे कामना गर्दै अा-अाफ्ना रचना सुनाउनु भयाे ।

अन्तमा जनार्दन अधिकारी धड्कनले चन्द्रागिरिले विधागत,विषयगत,गरिएकाे काव्य गेष्ठीले स्रष्टाहरुलाई सबै क्षेत्रमा कलम चलाउन सक्ने हुनुहाेस् भन्ने हाे । अाज बुढ्याैली विशेष १०९ श्रृङ्खला सम्म निरन्तर यहाँहरुकाे अमूल्य समयकाे याेगदान भएकाेले उत्साह जनक रुपमा अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएकाे हाे भन्नु हुँदै बुढ्याैली खाेरिया र कविता प्रस्तुत गर्दै अतिथि ज्यू, र सहभागी सम्पूर्ण स्रष्टाहरू,संरक्षक ज्यू,लगायत सम्पूर्ण उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु भइ खाेरियाकाे सैदान्तिक अवधारणा व्यक्त गरी कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...