Thursday 13th August 2026

सेन्चुरी कमर्सियल बैंकले गुलरियामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गर्यो


सेञ्चुरी कमर्सियल बैंक गुलरिया शाखाले गुलरिया नगरपालिका वार्ड नं ०४ बबई स्थित बबई बहुमुखी क्याम्पसमा मिति २०७९/०३/२३ गते, अध्ययनरत स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको अध्यक्षता क्याम्पसका व्यवस्थापन विभागका विभागीय प्रमुख श्री नारायण पौडेलले गर्नु भएको थियो भने,प्रमुख अतिथिको रुपमा सेञ्चुरी कमर्सियल बैंक लि.गुलरिया शाखाका शाखा प्रबन्धक श्री माया प्रकाश पन्तले गर्नु भएको थियो।

कार्यक्रमले पैसा वा व्यक्तिगत आयआर्जनको पहिचान गर्नुका साथै पैसा वा आयआर्जनको उपयोगिता बढाउने सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्य प्रति सबैलाई बितिय जानकारी गराई पहुँच अभिवृद्धि तथा बैंकिङ क्षेत्र सबलीकरण गरि सर्वाङ्गीण विकाशमा योगदान पुर्याउने रहेको छ।किशोर किशोरी र युवा युवतीको वित्तिय ज्ञान सीप तथा मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक सम्बृद्धिमा योगदान गर्नुका साथै सुरक्षति बैंकिङ कारोबार गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

सेच्युरी कमर्सियल बैंकले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ। विभागीय प्रमुख नारायण पौडेलका अनुसार कार्यक्रम एकदम फलदायी र प्रभावकारी भएको जानकारी गराउनु भयो।आगामी दिनमा पनि आफ्ना विद्यार्थी लक्षित सीप मुलक कार्यक्रम गर्न आग्रह गर्नु भयो। कार्यक्रममा गुलरिया शाखाका अन्य कर्मचारी लगायत प्राध्यापकहरूको पनि उपस्थित रहेको थियो।

अन्तमा यस कार्यक्रमका सभापतिले समापन भएको जानकारी गराउँदै अनौपचारिक कुरा गर्दै बिचारविमर्स बैंकिङ्ग क्षेत्रको बारेमा शाखा प्रमुखसँग जानकारी समेत लिनुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा…

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य…

प्रतिकृयाहरू
...