Monday 12th October 2026

टुक्काकार बुद्धिमान दनुवारका केही शृङ्गारिक टुक्का कविताहरू


१.
दुख सुख सहेर, हाँसेर बाचौँला ,
जन्म जन्मसम्मको पिरती साचौँला ।
२.
असारे झरी दर्केर आयो ,यो मन रुझायो ,
कोइलीको भाका सुनेर मन मेरो बुझायो ।
३.
चिनजान भयो हाम्रो फूलबारी गेटैमा ,
माया बस्यो तिम्रो र मेरो पहिलो भेटैमा ।
४.
घरबार जोडौँला, धन सम्पत्ति कमाई ,
सुन्दर संसार बसाउँला, हाँस्दै रमाई ।
५.
आँखामा राख्दा नि नबिझाउने रहेछौ है सानु ,
तिमी जस्ती मायालुलाई छाडी अन्त कहाँ जानु ।

✍️ बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४ झापा


सम्बन्धित शीर्षकहरु

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

कुवेत, १२ अक्टोबर। साउदी अरबका विमानस्थलमा भएका घातक आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले साउदी अरब र यमनबीच संवाद सहजीकरण…

प्रतिकृयाहरू
...