Monday 12th October 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ३०


स्रष्टा परिचय

नाम: स्पन्दन बिनोद
पुरा नाम: बिनोद प्रसाद धिमाल
जन्म : आश्विन २ गते
पिता: नारायण प्रसाद धिमाल
माता: सरस्वती धिमाल
धर्मपत्नी: अम्बिका घिमिरे
छोरा: स्व.अविरल धिमाल, रायन धिमाल,रिअंश धिमाल
जन्मस्थान: दधिकोट -२ भक्तपुर, नेपाल ।

शिक्षा: माईक्रोबाईलोजी (टियू, नेपाल), स्नाकोत्तर आई टि सिस्टम डेभलप्मेन्ट (लण्डन,यूके), स्नाकोत्तर बायो-मेडिकल साईन्स (लण्डन, यूके)
पेशा: स्वास्थ्यकर्मी (बायोमेडिकल साईटिस्ट), ब्यवसायी, लेखक/सर्जक
ठेगाना: (हाल) लिस्वन, पोर्चुगल
सम्पर्क- +३५१-९२०५३५८१७

सम्बद्धता:

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,पोर्चुगल
व. सल्लाहकार (२०२२-२०२४)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,पोर्चुगल
अध्यक्ष (२०२०-२०२२)
(सचिव- २०१८-२०१९) महासचिव (२०१९-२०२०)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज- आजीवन सदस्य
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रद्वारा अनलाईन प्रकाशन हुने ‘अनेसास दर्पण’ – सम्पादक(२०१८-२०१९) कार्यकारी सम्पादक(२०१९-२०२०)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज- बोर्ड अफ ट्रष्टिज सदस्य
पल्लव साहित्य प्रतिष्ठान, नेपाल- विशिष्ट आजीवन सदस्य , युरोप संयोजक
नेपाल खवर डेल्ली- यूरोप साहित्य संयोजक
नेपाली साहित्यकार विश्व सञ्जाल- परिकल्पनाकार

प्रथम रचना प्रकाशित: कविता, २०५२ साउन १२, गोरखा-पत्र

प्रकाशित कृती:
अविरल स्पन्दन (गजल संग्रह) – २०७५
भिजाएर गयौ (गजल संग्रह )-२०७५
मुक्तक माधुर्य भाग -१ , संयुक्त मुक्तक संग्रह, (नेपाल मुक्तक प्रतिष्ठान) साथै थुप्रै संयुक्त

प्रकाशोन्मुख: गजल संग्रह, नेपाली गीत संग्रह, मुक्तक संग्रह, कबिता संग्रह, खण्डकाव्य, महाकाव्य, उपन्यासहरू ।
प्रकाशित: थुप्रै फुटकर कविता, गीत, गजल, मुक्तक आदि।

सम्मान:
बिश्वब्यापी गजल प्रतियोगिता २०७५मा सुशील नेपाल तथा राजमित्र स्मृति प्रज्ञा पुरस्कार, तेस्रो ।

आधुनिक मोतिराम भट्ट अलंकार (२०७८) – चारु प्रतिष्ठान , नेपाल ( घोषणा गरिएको)

” जीवनाथ जमकटेल स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार २०७८” सम्मान पत्र र पुरस्कार राशि रु १५,०००/-नगद द्वारा पुरस्कृत तथा सम्मानित

नइ रजत महोत्सव पदक -२०७९

रचना
कविता- यौटा महात्माको खोजी
छन्द-शार्दूलविक्रीडित

साँच्चै बुद्ध बनोस् भनूँ मनुज ता, कस्तो हुने हो धरा
यौटै मूर्ख भएन सायद भने, के काम यो दायरा
देख्दा पल्टन फौज छन् फरक ता, लाग्दैन केही भने
मात्रै बाहिर ठाँट्टिएर जहिल्यै, को को महात्मा बने ?। १

लड्नै पर्दछ युद्ध बेग्र रणमा, हिड्दा नलड्ने छ को
हारोस् या त जितोस् सवाल अहिले, के गर्छ भन्ने भयो
वर्षौँसम्म बन्यो खराब छ जगत्,विद्वान् भएका विके
मात्रै बाहिर ठाँट्टिएर जहिल्यै, को को महात्मा बने ?। २

गोली बारुद चक्कु या कलमले, लेख्दैछ लेख्ने कुरो
रेट्दै जान्छ हरेक गर्दन अहो, जालो बनी माकुरो
जन्ती जानु कता छ आज जिउँदै, मान्छे मलामी गए
मात्रै बाहिर ठाँट्टिएर जहिल्यै, को को महात्मा बने ?। ३

बोल्दा मख्ख परेर बोल्छ तर ऊ, बोक्दैछ कुण्ठाहरू
तिम्रा जीवनका हरेक सपना, उस्तै रहे के गरूँ
यौटा बाहिर भित्र भिन्न छ कुरा, हे दैव कस्ता हरे
मात्रै बाहिर ठाँट्टिएर जहिल्यै, को को महात्मा बने ?। ४

के होला पद बुझ्छ के मृतकले, बाँच्ला प्रतिष्ठा युगौँ ?
आफैँ मात्र ठुलो नमान दुनियाँ, सल्लाह सुन्ने गरौँ
कोही हुन्न अगाडि बेगर स्वयम्, हल्ला असाध्यै गरे
मात्रै बाहिर ठाँट्टिएर जहिल्यै, को को महात्मा बने ?। ५


सम्बन्धित शीर्षकहरु

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

कुवेत, १२ अक्टोबर। साउदी अरबका विमानस्थलमा भएका घातक आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले साउदी अरब र यमनबीच संवाद सहजीकरण…

प्रतिकृयाहरू
...