Monday 12th October 2026

विश्व नेपाली साहित्य महासंघ काठमाडाै शाखाको कार्य योजना निर्माण एवं विशेष रचना वाचन सम्पन्न


विश्व नेपाली साहित्य महासंघ काठमाडाै शाखाको कार्य योजना निर्माण एवं विशेष रचना वाचन मिति २०७९ साल अासार १६ गते सम्पन्न भएको छ ।

विश्व नेपाली साहित्य महासंघ काठमाडाै शाखा अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार विनेसामका केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीकाे प्रमुख अातिथ्यतामा भएकाे उक्त कार्यक्रममा सुरेन्द्र लिम्बु परदेशीकाे हामी अायामका भुईंमान्छेहरू कविता संग्रह काे परिचर्चा एबं समिक्षा गरिएकाे थियाे ।

समिक्षक मन्जु पन्तले परदेशीका कवितामा देश बाेलेकाे विक्रीति र विसंगति प्रतिकाे प्रहार छ भन्नु हुँदै कविता अव्वल रहेकाे वताउनु भयाे । प्रमुख अतिथि परदेशीले काठमाडाै राजधानीकाे खास हाे,अाशा लागेकाे छ सकृय व्यक्तिहरु हुनु हुन्छ भन्नु हुँदै शाखालाई शुभकामना दिनु भयाे ।

विनेसाम नेपाल शाखा सल्लाहकार मणीराज सिंहले काठमाडाैले पहिलाे पटक केन्द्रिय अध्यक्षकाे उपस्थितिमा कार्यक्रम गर्न सक्याे याे खुशीकाे कुरा हाे भन्नु हुँदै नेपाली साहित्यकाे विकासमा शाखाले कृयाशिल भै कार्य गर्ने कुरामा विश्वास व्यक्त गर्नु भयाे ।साे अबसरमा बाग्मति प्रदेश अध्यक्ष ताेयानाथ सुवेदीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे । उत्तम भेटवालकाे स्वागत र चुडा निर्भिक ज्यूकाे कुशल उद्घघाेषणबाट शुरु भएको

विशेष काव्य गाेष्ठीमा साहित्यकारहरु क्रमश रेणु घिमिरे,सिता सुवदी,सुधा मिश्र,शुरेश घिमिरे,उत्तम भेटवाल,चुडा निर्भिक सिता घिमिरे,माधव विडारी,मन्जु मन्त,ताेयानाथ सुवेदी,मणीराज सिंह ज्यूले अा-अाफ्ना रचना वाचन गर्नु भयाे । अन्तमा जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यकाे विकाशमा हामी जाे जहाँ छाै त्यहाबाट सेवा गर्नु पर्छ भन्नु भयाे ।साहित्यकाे सेवा भनेकाे अाफ्नाे लेखन नै हाे लेखन निरन्तरबाट उतृष्ठ प्राप्त गर्दै जानु हाे भन्नु हुँदै,प्रमुख अतिथि ज्यू लगायत सम्पूर्ण उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु भइ खाेरियाकाे सैदान्तिक अवधारणा व्यक्त गरी अाफ्नाे रचना प्रस्तुतीका साथ कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

प्रतिकृयाहरू
...