Saturday 27th April 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- छतीसौँ भाग (३६)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/ ०३/०१४
…………………………………
प्रशिक्षक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

पञ्चाङ्ग ईम्बोस नम्बर नेपालमा अङ्ग्रेजी लिपिमा राख्नुपर्ने विरुद्धमा आवाज उठाउने खालको लेख्नुहुन अनुरोध छ ।

अनुप्रास:- ईच्छानुसार मिलाएर

स्थायी :- मिल्दो

अक्षर संख्या :- १९

=======

पञ्चाङ्ग कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नहुन अनुरोध छ ।

पञ्चाङ्ग १

नेपाली जाती हामी थरको माया किन लाग्दो रहेछ ?
सबैको भन्दा धेरै घरको माया किन लाग्दो रहेछ ?
राष्ट्रिय भाषा धर्म संस्कृति मुटु माझ सजाउनु छ,
पीपलको छेउमा वरको माया किन लाग्दो रहेछ ?
गाँउघरमा फेरि नरको माया किन लाग्दो रहेछ ?

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग २

समय अनुसार आफूलाई ढलेको राम्रो हुनेछ
धपधपी तापमा खारिएर जलेको राम्रो हुनेछ
अनुशासन पहिलो कर्तव्य भएपछि नबिर्सनु
अजम्बरी नक्षेत्र झैँ झलक्क बलेको राम्रो हुनेछ
लोभै लाग्ने गरि हाँगामा फलेको राम्रो हुनेछ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग ३

भाषाभाषालाई घटीबढी पार्न तोल्छ कसले
नेपाली लिपि हाम्रो हो यसलाई पोल्छ कसले
साहित्यिक हात हाम्रो सकेजति लेख्ने हो हामी
अङ्ग्रेजीमा इम्बोस नम्बर ढाँचा, बोल्छ कसले
कमिसनको खेल लुकेर यहाँ खेल्छ कसले ?

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग – ४ सार्दूलबिक्रीडित
के के शब्द मिलाउने भनी बसेँ पञ्चाङ्ग लेखाैँ भनी
श्रष्टा सामु तिखारिँदै सरसिला तृष्णा छ मेटाै भनी
निक्ल्याे मंगलवार लेख्न भनी याे अभ्यास श्रष्टा बिच
थालेँ मै पनि लेख्न साध्य कविता सामान्य केराैँ भनी
भावै भाव मिलाउँदैछु विधिले साहित्य टेकाैँ भनी
सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग ५

सच्चा नेपाली हौ भने , तिम्रो कमिशनको घर कस्तो
आफ्नो उही अस्तित्व जोगाउन नसक्नु त्यो भर कस्तो
हरेक नेपालीका प्रश्न छन् अनेक, र लाग्छ उदेक
नेपाली लिपीको बलत्कार गर्ने तिम्रो ठहर कस्तो
आफ्नो स्वाभिमान बेच्ने अङ्ग्रेजी इम्बोस नम्बर कस्तो ?

प्रेम थापा, बागलुङ ।

पञ्चाङ्ग ६

नेपाली हामी गर्वमा छौँ है विशाल हाम्रो सान यहाँ ।
भाषा, धर्म र संस्कृति विविध छन् अनेकौँ गान यहाँ ।
अस्तित्व मेट्ने घातक बीउ यिनै माथिको प्रहार छ,
चिन्तित छन् विज्ञले भन्दैछन् फुट्ने गरी नहान यहाँ ।
नगरी घात उकास अब हाम्रो यो पहिचान यहाँ ।

– भवानी घिमिरे
सर्लाही

पञ्चाङ्ग ७

अंग्रेजी भाषामा इम्बाेस नम्बर मान्यता दिन हुन्न
नेपाली भाषामा इम्बाेस नम्बर राख्न त किन हुन्न
के हामिले सधैँ अर्काकाे भाषा प्रयाेग गर्नै पर्छ त
हामीले हाम्राे मातृ भाषामा सवै नम्बर लिन हुन्न
हाम्रा कलिला नानीले नेपाली नम्बर प्लेट् चिन्न हुन्न ?
मधुसूदन प्रसाद घिमिरे
काठमाडौँ


सम्बन्धित शीर्षकहरु

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते…

प्रतिकृयाहरू
...