Monday 12th October 2026

टुक्काकार दुर्गा आचार्यका असार सम्बन्धी टुक्का कविताहरू


१.
छुपुमा छुपु खेतमा रोपौँ मिलेर
मिहिनेत गरौँ झार फालौँ जिलेर
२.
खाउँ दही चिउरा पानीले निलेर,
काम गरौँ शरीरलाई नै थिलेर ।
३.
सबैजना मिलीजुली राेपाइँमा आएर ,
असार पन्ध्रमा दही र चिउरा खाएर ।
४.
असारे भाकामा हामी सबै गीत गाएर,
हाँस्दै नाच्दै हिलो छ्याप्दै रम्दै बेठी लाएर ।
५.
असारे गीत हातमा बिउ छमछमी नाचेर,
साथि भाइ सँगै हिलोमा रम्दै मित्रता साचेर।

✍️ दुर्गा आचार्य
मोरङ


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

प्रतिकृयाहरू
...