Friday 29th March 2024

टुक्काकार दुर्गा आचार्यका असार सम्बन्धी टुक्का कविताहरू


१.
छुपुमा छुपु खेतमा रोपौँ मिलेर
मिहिनेत गरौँ झार फालौँ जिलेर
२.
खाउँ दही चिउरा पानीले निलेर,
काम गरौँ शरीरलाई नै थिलेर ।
३.
सबैजना मिलीजुली राेपाइँमा आएर ,
असार पन्ध्रमा दही र चिउरा खाएर ।
४.
असारे भाकामा हामी सबै गीत गाएर,
हाँस्दै नाच्दै हिलो छ्याप्दै रम्दै बेठी लाएर ।
५.
असारे गीत हातमा बिउ छमछमी नाचेर,
साथि भाइ सँगै हिलोमा रम्दै मित्रता साचेर।

✍️ दुर्गा आचार्य
मोरङ


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...