Sunday 6th July 2025

श्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न


लायन्स क्लव पाल्पाको आयोजना र विश्व नेपाली साहित्य प्रतिष्ठानको संयोजनमा “स्रष्टा सम्मान तथा रचना वाचन” कार्यक्रम पाल्पामा सम्पन्न भयो ।

२०२१/०२२ क्लबका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षता, तानसेन नगर पालिका प्रमुख ला .सन्तोष लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। यसैगरी विशिष्ट अतिथिमा पाल्पा लायन्स क्लबका संस्थापक सचिव तथा पुर्ब अध्यक्ष बुध्दि प्रसाद शर्मा, नेपाली कांग्रेस पुर्ब केन्द्रीय सदस्य राजन प्रसाद पन्त हुनुहुन्थ्यो। अन्य उपस्तिथीमा लायन्स क्लबका पुर्ब अध्यक्षहरु, बिश्व नेपाली साहित्य प्रतिष्ठानकी प्रदेश अध्यक्ष भावना खनाल, संस्थाका प्रदेश सल्लाहकार ज्युहरु,पाल्पामा रहेका साहित्यिक सस्थाका अध्यक्ष ज्युहरु,र अन्य स्रष्ट्राहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा तिनजना साहित्यिकारहरुलाई सम्मान समेत गरियो। जस मध्ये दुई जना मरणोपरान्त (स्रस्टा कुलमणी देवकोटा र चन्द्र प्रकाश अधिकारी) र साहित्यकार पुष्कर अथक रेग्मीलाई सम्मान गरीएको थियो।

रचना वाचनमा विशिष्ट अतिथि राजन प्रसाद पन्त, डा शंकर गैरे, टन्क पन्थ ,मन गहिरे ,लक्षिमा ज्ञवाली, भावना खनाल, राजेन्द्र गोपाल सिह, अमर भाट ,कमल खत्री ,गुणवती के सी, महेन्द्र पन्थी, राम प्रसाद अर्याल, इन्दिरा ज्ञवाली,सरीता रेग्मी ,कृष्ण थापा, सबिता भट्टराई,रमा पन्त,आयाम कार्की लगायत २३ जना स्रष्टाले आफ्नो रचना वाचन गर्नु भएको थियो। उक्त कार्यक्रम कार्यक्रमको सञ्चालन रमा पन्त र सचिव आयाम कार्कीले गरेका थिए।


सम्बन्धित शीर्षकहरु

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

प्रतिकृयाहरू
...