Wednesday 24th April 2024

सोच्ने बिषय बनेको छ सामाजिक सञ्जाल


सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ – ब्यक्ति घरमा बसेर समाजका हरेक गतिबिधि विकास र सुशासनको लागि खबरदारी गर्न सक्छ ।सामाजिक सञ्जाल प्रयोग नगर्ने मान्छे भेटिदैन । सञ्जालले गर्दा युगान्तकारी परिवर्तनको सम्भावना बढेको अनुभुति आम सर्वसाधारणलाई भएको छ ।

कम खर्च गरेर मानिसलाई सूचना र जानकारी दिने माध्यम बनेको छ सामाजिक सञ्जाल । देखाई बुझाई गराई सबै सामाजिक सञ्जालमा सरल देखिन्छ सामान्य रुपमा केहि पोस्ट गर्यो तुरुन्त सबै ठाँउमा पुग्छ । यसको प्राबिधिक पक्ष जटिल छ ।सामाजिक सञ्जालमा देखिएका जानकारीको आधिकारिकता प्रमाणित गर्न सजिलो छैन ।

वास्तवमा बदलिदो परिवेशसँगै इन्टरनेट एउटा यस्तो प्रविधिको रूपमा हाम्रो सामुन्ने आएको छ ।आजको विश्व इन्टरनेटबिना बाँच्नै नसक्ने भएको छ। इन्टरनेट भोको भेडाका लागि घाँसे मैदान बराबर छ। मानिसले सामाजिक सञ्जालमा धेरै काम गर्न सक्छ ।तर नियमित सामाजिक सञ्जालमा अपडेट र बिभिन्न सामाग्री सार्वजनिक गर्नेहरुको लागि निकै समस्या रहेको छ । देशका गतिबिधिमा कुनै एक बिषय छुट्यो भने नकरात्मक गालि खान सुरु भै हाल्छ । अहिलेको बर्तमान समय सामाजिक सञ्जालमा चलेको बिषय : मुल्य बृद्दि र स्वतन्त्र पार्टि यि कुरालाई सामाजिक सञ्जालमा जोड्न नसके यो त यसको मान्छे हो – यो त यो दलको कार्यकर्ता हो आफ्नो दलको खराव कुरा किन लेख्थो ? भन्ने जस्ता नकरात्मक सोचाई आम सर्वसाधारणमा देखा पर्छ । यि कुराहरु सञ्जाल प्रयोगकर्ताहरुले भोगिरहेका बिषय हुन ।

मानिस भेट हुदा नबोलोस तर सामाजिक सञ्जालमा कुरा गरोस, बिबाह, ब्रतबन्ध, जन्मदिन , कुनै खुशीयाली ,दुखमा भौतिक उपस्थित नहोस फरक पदैन तर सामाजिक सञ्जालमा राखिदियोस आम सञ्जाल प्रयोगकर्ताको चाहाना हुन्छ । मेरो जन्मदिनमा शुभकामना राखिदिएन म संग किन रिसिएछ ? बिबाहको शुभकामना दिएन के भएछ त्यसलाई अनि त्यिनिहरुलाई मानिसले सोचि हाल्छ । यस कुरालाई कसरी लिने ? सदुपयोग , दुरुपयोग के भन्ने ? चुनौती कि अवसर ? सोच्ने बिषय बनेको छ सामाजिक सञ्जाल ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...