Saturday 3rd October 2026

सोच्ने बिषय बनेको छ सामाजिक सञ्जाल


सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ – ब्यक्ति घरमा बसेर समाजका हरेक गतिबिधि विकास र सुशासनको लागि खबरदारी गर्न सक्छ ।सामाजिक सञ्जाल प्रयोग नगर्ने मान्छे भेटिदैन । सञ्जालले गर्दा युगान्तकारी परिवर्तनको सम्भावना बढेको अनुभुति आम सर्वसाधारणलाई भएको छ ।

कम खर्च गरेर मानिसलाई सूचना र जानकारी दिने माध्यम बनेको छ सामाजिक सञ्जाल । देखाई बुझाई गराई सबै सामाजिक सञ्जालमा सरल देखिन्छ सामान्य रुपमा केहि पोस्ट गर्यो तुरुन्त सबै ठाँउमा पुग्छ । यसको प्राबिधिक पक्ष जटिल छ ।सामाजिक सञ्जालमा देखिएका जानकारीको आधिकारिकता प्रमाणित गर्न सजिलो छैन ।

वास्तवमा बदलिदो परिवेशसँगै इन्टरनेट एउटा यस्तो प्रविधिको रूपमा हाम्रो सामुन्ने आएको छ ।आजको विश्व इन्टरनेटबिना बाँच्नै नसक्ने भएको छ। इन्टरनेट भोको भेडाका लागि घाँसे मैदान बराबर छ। मानिसले सामाजिक सञ्जालमा धेरै काम गर्न सक्छ ।तर नियमित सामाजिक सञ्जालमा अपडेट र बिभिन्न सामाग्री सार्वजनिक गर्नेहरुको लागि निकै समस्या रहेको छ । देशका गतिबिधिमा कुनै एक बिषय छुट्यो भने नकरात्मक गालि खान सुरु भै हाल्छ । अहिलेको बर्तमान समय सामाजिक सञ्जालमा चलेको बिषय : मुल्य बृद्दि र स्वतन्त्र पार्टि यि कुरालाई सामाजिक सञ्जालमा जोड्न नसके यो त यसको मान्छे हो – यो त यो दलको कार्यकर्ता हो आफ्नो दलको खराव कुरा किन लेख्थो ? भन्ने जस्ता नकरात्मक सोचाई आम सर्वसाधारणमा देखा पर्छ । यि कुराहरु सञ्जाल प्रयोगकर्ताहरुले भोगिरहेका बिषय हुन ।

मानिस भेट हुदा नबोलोस तर सामाजिक सञ्जालमा कुरा गरोस, बिबाह, ब्रतबन्ध, जन्मदिन , कुनै खुशीयाली ,दुखमा भौतिक उपस्थित नहोस फरक पदैन तर सामाजिक सञ्जालमा राखिदियोस आम सञ्जाल प्रयोगकर्ताको चाहाना हुन्छ । मेरो जन्मदिनमा शुभकामना राखिदिएन म संग किन रिसिएछ ? बिबाहको शुभकामना दिएन के भएछ त्यसलाई अनि त्यिनिहरुलाई मानिसले सोचि हाल्छ । यस कुरालाई कसरी लिने ? सदुपयोग , दुरुपयोग के भन्ने ? चुनौती कि अवसर ? सोच्ने बिषय बनेको छ सामाजिक सञ्जाल ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...