Sunday 16th August 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०७औं मुक्तक विशेष श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०७औं मुक्तक विशेष श्रृङ्खला यहि मिति २०७९ साल अासार ८ गते सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,गुप्त बहादुर श्रेष्ठ,खगेन्द्र बस्यालकाे विशिष्ठ अातिथ्यता अनि सिता सुवेदीकाे कुशल उद्घघाेषणमा भएको काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमश लक्ष्मी प्रसाद मिश्र,द्वारिका कुईकेल,उर्मिला पन्त,तिला लेकाली,सुधा मिश्र,वीर बहादुर लाेहनी,टेक बहादुर लाैडारी,उमा वडारी,बिनु बाबा घिमिरे,शुरेश चन्द्र घिमिरे,सिता पाण्डे,सिता घिमिरे,उत्तम भेटवाल,चन्द्रावती अधिकारी,संगीता ठाकुर लगायत २२ जना सर्जकहरुले अा-अाफ्ना मुक्तक वाचन गर्नु भयाे ।

विशिष्ठ अतिथि कलानधि दाहाल,गंगा लिगल,मणिराज सिंह,खगेन्द्र बस्यालले शुभकामना मन्तव्य र चन्द्रागिरिकाे उत्तराेत्तर प्रगतीकाे कामना गर्दै मुक्तक सुनाउनु भयाे ।

अन्तमा जनार्दन अधिकारी धड्कनले १०६७श्रृङ्खला सम्म निरन्तर यहाँहरुकाे अमूल्य समय र माया पाएकाेले कार्यक्रम उत्साह जनक रुपमा निरन्तर अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएकाे हाे भन्नु हुँदै सफल साहित्यकार हुँ भन्न कुनै एक विधाले मात्र हुँदैन सबै विधामा कलम चलाउनु पर्छ तर कुनै एकमा विशिष्टता अाफ्नाे परिचय छाप छाेड्न सक्नु पर्छ भन्नु हुँदै प्रमुख अतिथि ज्यू,र सहभागी सम्पूर्ण स्रष्टाहरू,संरक्षक ज्यू,कार्यक्रम संयाेजक ज्यू लगायत सम्पूर्ण उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै खाेरियाकाे सैदान्तिक अवधारणा प्रष्ट्याउँदै खाेरिया वाचन अनि मुक्तक वाचन गरि कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

BREAKING: इरानी अधिकारीहरूले मार्जिएह नेयरी (Marzieh Neyri, जसलाई Marziyeh Nayeri भनेर पनि उल्लेख गरिएको छ) नामकी एक युवतीलाई मृत्युदण्ड दिएका…

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङ्झाउमा सुरु…

प्रतिकृयाहरू
...