Monday 12th October 2026

टहल आचार्यको गजल संग्रह – ४२


लिलाम हाली राष्ट्रियता लाज ढकाउनेहरु ।
सबै रैछन् पालैसँग यो देश सकाउनेहरु ।

माओवादी काङ्ग्रेश र ए माले पनि उस्तै
सडकमा झरेपछि जनता फकाउनेहरु ।

पद र प्रतिष्ठा मर्यादाको ख्याल छैन ,
सभामा राल काढी दिउँसै झकाउनेहरु ।

मानिसकै सिकार गरि सुकुटी र कवाफसँगै
चाँदीको त्यो कसौंडीमा भुजा पकाउनेहरु ।

साम्राज्य र बिस्तारबादीहरुको नै हुइँया बनी
कुखुरा बोक्न चील आयो भनी छकाउनेहरु ।

टहल आचार्य
२०७९/०३/१०


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...